arrow

स्याङ्जाका स्थानीय तहलाई करिव ३ अर्ब बजेट

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ १६ बुधबार
Syangja_district_map.png

स्याङजा । मंगलवार संसदमा पेश भएको बजेटमा स्याङ्जाका स्थानीय तहलाई २ अर्ब ९७ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ । ५ नगर र ६ गाउँपालिका रहेको स्याङजामा गत वर्षको तुलनामा यस वर्ष बजेट घटर आएको हो । गतबर्षको तुलनामा यो बर्ष सरकारले छुट्टाएको बजेटमा ३१ करोड कम हो । जसको प्रतिशतमा ९.४५ प्रतिशत हुन आउछ । सरकारले सार्वजानिक गरिएको बजेटमा नगरपालिकाहरुमा सबै भन्दा बढी पुतलीबजार र गाँउपालिकामा आँधीखोला रहेका छन् ।  पुतलीबजार नगरपालिकालाई ४३ करोड ५३ लाख बजेट छुट्टाएको छ भने आँधीखोला गाँउपालिकालाई २५ करोड २० लाख बजेट विनियनेजन गरिएको छ ।

यसै गरी भीरकोट नगरपालिकामा अन्य नगरपालिका भन्दा निकै कम बजेट विनियोजन गरिएको छ । भीरकोट नगरपालिकालाई २४ करोड ६ लाख, वालिङ नगरपालिका ४३ करोड ५७ लाख, गल्याङ नगरपालिकामा ३३ करोड ७२ लाख रुपैयाँ रहेको छ भने चापाकोटलाई ३० करोड ५३ लाख रकम विनियोजन गरिएको छ ।  सबै भन्दा कम बजेट विनियोजन फेदिखोला गाँउपालिकामा गरिएको छ । फेदिखोला गाँउपालिकामा १७ करोठ ७ लाख, विरुवा गाँउपालिकामा २० करोड ४४ लाख, अर्जुनचौपारी गाउँपालिका १८ करोड ७९ लाख, कालीगण्डकीमा २२ करोड ९१ लाख, र हरिनासको लागि १७ करोड ५२ लाख रुपैयाँ विनियोजन भएको छ । वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान गरी दुई वटा शिर्षकमा मात्र बजेट विनियोजन गरिएको छ । यही बजेटभित्र स्थानीय तहले आफैँ शीर्षक बनाएर बजेट छु्ट्याउने छन् । छुट्टाइएको बजेट नगर र गाउँसभा मार्फत पेश गरेपछि मात्रै कार्यन्वयनमा आउने छ ।

यस वर्षको बजेटले विकास निर्माणका एउटा पनि गौरवका आयोजनाहरु समेटिएका छैन् । गतबर्ष देखि छुट्टाउदै आएका ठुला आयोजनाका सडकहरुमा भने यो बजेटले सम्वोधन नगरेको बताइएको छ । पुतलीखेत, कार्किनेटा हुदै कुस्मा जोड्ने सडक र मिर्दि, क्याक्मी हुदै भिमाद सडकमा यो बजेटले सम्वोधन गरेको छैन । स्याङजामा आधिखोला हाईड्याम बनाउने चर्को भाषण गरेका नेताहरुले अहिले पनि सम्वोधन हुन सकेन । गत बर्ष स्याङ्जाका स्थानीयतहलाई ३ अर्ब २८ करोड बजेट विनियोजन गरिएको थियो ।

 



नयाँ