arrow

ओलीले नेम्वाङ, गुरुङ र चौधरीलाई दिए पुरानै पद

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
subash-chand-nembang.jpeg

काठमाडौं । एमाले र माओवादी केन्द्र एक भई बनेको नेपाल कम्युनिस्ट पार्टीले  सुवास नेम्वाङलाई संसदीय दलको उपनेता बनाएको छ । 

वुधबार बसेको संसदीय दलको बैठकले पूर्वसभामुख समेत रहेका नेम्वाङलाई दलको उपनेता चुनेको सांसद कृष्णगोपाल श्रेष्ठले हाम्राकुरालाई जानकारी दिए । 

नेम्वाङ यसअघि तत्कालीन एमालेको संसदीय दलको उपनेता थिए । नेकपाको संसदीय दलको बैठकले देव गुरुङलाई प्रमुख सचेतक बनाएको छ । गुरुङ यसघि तत्कालीन माओवादी केन्द्रको प्रमुख सचेतक थिए । 

शान्ता चौधरी सचेतक बनेकी छन् । संसदीय दल समावेशी बनाउन दलका नेता केपी शर्मा ओलीले नेम्वाङ, गुरुङ र चौधरीलाई प्रस्ताव गरेका हुन् । योसँगै नेम्वाङ्, गुरुङ र चौधरीले पार्टी एकीकरणपछि पनि उही पद पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ