arrow

उत्तर कोरियाली उच्च अधिकारी बेइजिङमा, बुधबार अमेरिका जाने

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
america-north-korea.jpg

बेइजिङ। उत्तर कोरियाका एकजना जर्नेल तथा त्यहाँको वर्कस् पार्टीको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोल बुधबार चिनियाँ राजधानी बेइजिङ पुगेको समाचार छ। अमेरिकाको लागि हिँडे्का उनी बुधबार बेइजिङ पुगेको र यहाँका अधिकारीसँग आवश्यक परामर्श भेट गरेको बताइएको छ। उनले चिनियाँ अधिकारीसँग भेटगरी प्रस्तावित सिंगापुर वार्ताको बारेमा जानकारी राएको बताइएको छ।

आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने तय भएको छ। सोही प्रयोजनका लागि उनी त्यसतर्फ लागेका हुन्।

चीनको राजधानी बेइजिङ्स्थित एक अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई चिनियाँ अधिकारीले स्वागत गरेका थिए। जर्नेल किम उत्तर कोरियाली नेता किम जोङ उनका विश्वासपात्र पनि हुन्।

दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले उनले चिनियाँ अधिकारीसँग भेटवार्ता गरेको समाचार दिएको छ। उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली जर्नेलले अमेरिका र उत्तर कोरियाकाबीच हुनलागेको सो शिखर वार्ताको बारेमा चिनीयाँ अधिकारीसँग परामर्श गरेका थिए।

बुधबार नै अमेरिका जाने
उत्तर कोरियाली अधिकारी किम यसै वार्ताको आवश्यक तयारीका लागि उत्तर कोरियाली नेता किमको विशेषदूतका रुपमा बुधबार अमेरिकाका लागि प्रस्थान गर्ने बताइएको छ।

प्राप्त समाचारअनुसार उनले यस विषयमा चिनियाँ अधिकारीलाई जानकारी गराएर अमेरिकी अधिकारीसँग भेटवार्ताका लागि अमेरिका प्रस्थान गर्ने छ। अमेरिकामा रहँदा उनले अमेरिकी विदेशमन्त्री माइक पेम्पेओसँग आवश्यक भेट र परामर्श गर्ने छन्। सो कुराको जानकारी अमेरिकाले दिएको छ।

उता आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली अधिकारी चोल अमेरिका आउँदै गरेको बताएका छन्। उनले बुधबार ट्वीट गर्दै उत्तर कोरियाली अधिकारी अमेरिका आउँदै गरेको र उनी बाटोमै रहेको जानकारी  दिएका छन्। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ