arrow

रुसी विदेशमन्त्री किन जाँदैछन् उत्तर कोरिया ? 

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
sergey-lavrov-russia.png

एजेन्सी। रुसी विदेशमन्त्री सर्गेई लावरोव विहीबार उत्तर कोरिया जाने भएका छन्। उत्तर कोरिया र अमेरिकाको बीचमा ऐतिहासिक वार्ता हुन गइरहेको अवस्थामा रुसी विदेशमन्त्रीले उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन्। 

उत्तर कोरियाको परमाणु कार्यक्रम र द्विपक्षीय सहयोगको विषयमा छलफलको लागि उनी उत्तर कोरिया जान लागेको समाचारमा उल्लेख गरिएको छ। रुसी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमणको अवसरमा परमाणु कार्यक्रमका साथै प्रमुख अन्तर्राष्ट्रिय समस्याको विषयमा पनि चर्चा हुने रुसी विदेशमन्त्रालयले जानकारी दिएको छ। 

गएको महिना उत्तर कोरियाका विदेशमन्त्री रि याङ होले रसियाको भ्रमण गरेका थिए। यद्यपि उत्तर कोरिया र अमेरिकाको बीचको वार्ताको लागि नाटकीय शैलीमा दुवै मुलुकहरु प्रस्तुत भइरहेको अवस्थामा रुसी विदेशमन्त्रीको यस किसिमको भ्रमण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

अमेरिकाले उत्तर कोरियालाई आर्थिक प्रतिबन्ध फुकुवा गर्नको लागि आफ्नो सबै परमाणु हतियार त्याग्नका लागि आग्रह गरेको छ। यसो गर्दा अमेरिकी सेना दक्षिण कोरियामा तैनाथ हुने र यो सुरक्षाको हिसाबमा आफ्नालाई जोखिम हुनसक्ने डर उत्तर कोरियालाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ