arrow

भारतमा निपा भाइरसबाट सोह्रको मृत्यु

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
nipa-virus.JPG

नयाँ दिल्ली। भारतको दक्षिणी राज्य केरलामा निपा नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ। यसअघि नै १४ व्यक्तिको मृत्यु भएको र सोही संक्रमणबाट थप दुई व्यक्तिको बुधबार मृत्यु भएपछि सो संख्या १६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। केरलाको कोझिकोडे मेडिकल कलेजमा ५६ वर्षीय एक पुरुष र २८ बर्षीया एक महिलाको बुधबार राति मृत्यु भएपछि सो संख्या १६ पुगेको बताइएको हो।

केरलाको कोझिकोडे र मलापुरम जिल्लामा सुरु भएको यस भाइरसको प्रकोपबाट १६ व्यक्तिको मृत्यु भएको छ– यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्। साथै यस निपा भाइरसबाट ९४ जना प्रभावित भएका र अझै पनि १७ जना उपचारको क्रममा अस्पतालमा रहेका सो राज्यका स्वास्थ्यमन्त्री के के शैलाजाले बताउनु भएको छ।

भारतमा निपा भाइरसको प्रकोप फैलिएको यो तेस्रो पटक हो। यसअघि सन् २००१ मा र २००७ मा पनि भारतमा निपा भाइरसको प्रकोप फैलिएको थियो। त्यसबेला बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने पश्चिम बङ्गलामा निपा भाइरसका कारण ५० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। यो भाइरसको प्रकोप सबैभन्दा पहिला सन् १९९९ मा मलेसियाबाट सुरु भएको थियो। स्वास्थ्य क्षेत्रका अधिकारीहरुका अनुसार यस भाइरसको खोप बनेको छैन।

यो भाइरसको संक्रमणले कडा मात्रामा ज्वरो आउने र स्वासप्रस्वासमा असर गर्ने गर्दछ। यसको संक्रमण भएपछि सघन उपचार कक्षमा राखेर स्वासप्रस्वासमा सघाउ पुर्याउनेगरी उपचार विधि सुरु गर्नुपर्छ। रासस-सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ