arrow

इट्लीमा कोन्टे नेतृत्वमा नयाँ सरकार बन्याे

logo
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
konte.jpg

काठमाडौं । इट्लीमा लामो समयको विवादपछि ग्युसेप कोन्टेको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । युरोपियन युनियन (ईयू)को चौथो ठुलो अर्थतन्त्र बोकेको मुलुकमा गएको मार्च महिनामा निर्वाचन भए पनि राजानीतिक अन्योलताको कारण सरकार गठन हुन सकेको थिएन ।

शुक्रबार शपथ खुवाउने गरी राष्ट्रपति सर्जियो मट्टारेलासमक्ष नयाँ सरकारको प्रस्ताव गरिएको हो । निर्वाचनमा कुनै पनि पार्टीको बहुमत नआएपछि फाइभ स्टार पार्टी र राइट–विङ पार्टी मिलेर सरकार बनाउन लागेका हुन् । कोन्टे फाइभ स्टार पार्टीका नेता हुन् ।

यसअघि कोन्टेको नेतृत्वमा पठाइएको प्रस्ताव राष्ट्रपति मट्टारेलाले अस्वीकार गरेसँगै राजनीतिक अस्थिरता थप बढेको थियो तर विहीबार भने उनीहरुको बीचमा नयाँ सरकारको प्रस्ताव स्वीकृत गर्ने सहमति भएको हो । यसअघिको प्रस्ताव अस्वीकार गरिएको कारण पछिल्लो चारदिनदेखि इटालीमा चर्को राजनीतिक अस्थिरता देखिएको थियो । विहीबारको सम्झौतासँगै राजनीतिक अन्योल पनि हटेको छ । यसअघि मट्टारेलाले अर्थमन्त्रीको विषयमा असन्तुष्टि जनाउँदै प्रस्ताव अस्वीकार गरेका थिए । अहिले चयन गरिएका अर्थमन्त्री ईयूको एक मुद्राको नीतिलाई नै निरन्तरता दिनुपर्छ भन्ने पक्षधर रहेका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ