arrow

साउदीमा फिल्म हल खोल्ने निर्णय 'पाप' : अलकायदा

logo
प्रकाशित २०७५ जेठ १९ शनिबार
saudi-arabia-film-opened.jpg

एजेन्सी। अरब प्रयाद्वीपमा सक्रिय रहेको आतंकवादी संगठन अल कायदाले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानको योजना पाप रहेको बताएको छ। अलकायदाले अहिले अघि सारेको नीतिहरु खारेज गर्नको लागि चेतावनी पनि दिएको छ। साउदी अरेबियाका सुधारवादी मानिने मोहम्मद बिन सलमानले फिल्म हल खोल्ने, महिलालाई सवारी चलाउने अनुमति दिनेलगायतका केही योजनाहरु अघि सारेका छन्। 

अलकायदाले सार्वजनिक गरेको विवरणमा भनिएको छ, “बिन सलमानले नयाँ योजनामा मस्जिदको स्थान फिल्म हलले लिएको छ।”

“उनले हाम्रो सबै पुस्तकहरुको स्थान पूर्वीय र पश्चिमी नास्तिकहरु तथा धर्म निरपेक्षवादीहरुको बोलीलाई दिनुका साथै भ्रष्टाचार तथा नैतिक पतनको ढोका पूर्णरुपमा खोलिदिएका छन्”,अलकायदको विवरणमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ