arrow

नेता किमलाई पुटिनले पनि भेट्न सक्ने

logo
प्रकाशित २०७५ जेठ १९ शनिबार
Kim-Jong-Un.jpg.jpeg

मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच यसै वर्ष भेटवार्ता हुनसक्ने रुसको प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ। उनीहरूको भेटवार्ताका बारेमा अहिले सम्म कुनै निर्णय भने भइनसकेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार बताए। उनले दैनिक पत्रकार सम्मेलनमा भने, “हो वास्तवमै त्यस्तो प्रकारको बैठक हुने सम्भावना छ।” 

कुटनीतिक संयन्त्र मार्फत् भेटवार्ताका लागि आन्तरिक गृहकार्य भइरहेको तर तिथि र अन्य बिषयबारे अहिले बिस्तृतमा भन्ने अवस्था नरहेको उनको भनाई छ। गत बिहीबार मात्रै रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले उत्तर कोरियाको राजधानी प्योङयाङ भ्रमण गरेर नेता किमलाई भेट्नु भएको छ। दुवै पक्षले शीर्ष वार्ता गर्नु पर्ने महशुस गरेको र त्यो यसै बर्ष गर्ने तय भएको अधिकारीहरूले बताएका छन्।

यो वर्ष कोरिया र रुसको कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं बर्षसमेत भएको उत्तर कोरियाको समाचार संस्था केसिएनएले जनाएको छ। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ