arrow

अमेरिकाको कर बढाउने निर्णयको जी ७ का मुलुकहरुद्वारा आलोचना 

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
g7.jpg

काठमाडौं । अमेरिकाले अघि सारेको ईयू, क्यानडालगायतका मुलुकहरुबाट आयात हुने कर बढाउने निर्णयको  जी७ का अन्य मुलुकहरुले आलोचना गरेका छन् । अमेरिकाले भर्खरै मात्र ल्याएको कर बढाउने निर्णयको विरुद्धमा  जी७ का अन्य मुलुकहरुका अर्थमन्त्रीले आलोचना गरेका हुन् । 

फ्रान्सका अर्थमन्त्री ब्रूनो ले मायरले अबको केही दिनमा व्यापार युद्ध सुरु हुनसक्ने चेतावनी दिए । यसैबीच अमेरिकाका वाणिज्य सचिव विल्बर रोसले चिनियाँ उपप्रधानमन्त्री लिउ हे इनसँग भेटी व्यापारिक तनाव कम गर्नका लागि आग्रह गरेका छन् । 

व्यापारिक हिसाबमा अन्य मुलुकहरुले अमेरिकाको शोषण गरिरहेको कारण यस्तो निर्णय ल्याइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । 

अमेरिकको कर बढाउने निर्णयको विरुद्धमा युरोपियन युनियन (ईयू) र क्यानडाले यसअघि नै अमेरिकालाई चेतावनी दिइसकेको छ । 
आगामी साता अमेरिका र बाँकी सात मुलुकका अर्थमन्त्रीहरुको बीचमा हुन गइरहेको बैठकमा यस विषयमा थप छलफल हुनसक्ने बताइएको छ । 

अमेरिका भने अहिले चीनसँगको व्यापारघाटा कम गर्ने विषयमा चीनसँग वार्ताको क्रममा रहेको छ । यसअघि अमेरिकाले आफ्नो व्यापारघाटा घटाउनका लागि चीनसँग सम्झौता गरेको थियो । 

यद्यपि अमेरिकाले चीनलाई आगामी दिनमा थप ५० अर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामग्रीहरुमा कर लगाउने चेतावनी दिएको छ । 

अमेरिकाले ईयू तथा क्यानडालगायतमा लगाएको स्टिलमा १५ प्रतिशत र अल्मुनियममा १० प्रतिशत करको निर्णय कार्यान्वयनमा आइसकेको बताएको छ । 

क्यानडा, मेक्सिको र ईयूले सन् २०१७ मा २३ अर्ब अमेरिकी डलर बराबरको स्टिल अमेरिका निर्यात गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो नतिजा करिब आधा हो । 

Harley Davidson motorbike

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ