arrow

भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
agni-5.jpg

चन्डिपुर, उडिसा । भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ । भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान ९:४८ मा सफल परीक्षण गरिएको हो ।

अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको मार हान्ने क्षमता पाँच हजार किलोमिटर टाढासम्म रहेको र यो चीनका प्राय भागमा पुग्ने क्षमता भएको क्षेप्यास्त्र हो । अग्नी–५ सवैभन्दा लामो दूरी मार हान्ने आणविक क्षमताको शक्तिशाली क्षेप्यास्त्र भारतको छैठौँ सफल परीक्षण हो । यसको अन्तिम परीक्षण भारतले सन् २०१८ को जनवरी १८ मा गरेको थियो ।

अग्नी श्रृङ्खलाको अग्नी–५ क्षेप्यास्त्र प्रणाली इन्टिग्रेटेड गाइडेड मिसाइल डेभलपमेन्ट कार्यक्रम अन्तर्गतको मौलिक हतियार हो । एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ