arrow

ज्वालामुखी विष्फोटमा ७ को मृत्यु, ३०० घाइते 

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार
volcano.jpg

काठमाडौं । ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । फुएगो ज्वालमुखी विष्फोट हुँदा ३०० घाइते भएका छन् । राजधानीबाट दक्षिण पश्चिम ४० किलोमिटरमा रहेको स्थानमा ज्वालामुखी विष्फोट भएको हो । 

आकाशमा कालो धुँवा र खरानी फैलिएको छ । ज्वालामुखीले एक गाउँलाई पुरै प्रभावित पारेको छ । 

ज्वालामुखीले राजधानीको विमानस्थलसमेत बन्द भएको छ ।

राष्ट्रपति जिम्मी मोरालेसले राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । 

राष्ट्रिय दैवी प्रकोप नियन्त्रण प्राधिकरणका सर्जिओ काबानासले ज्वालामुखीको लाभाले एउटा सानो गाउँलाई पुरै ध्वस्त पारेको बताएका छन् । उनले उद्धारको प्रयास भइरहेको बताए । 

ज्वालामुखी विष्फोटबाट १० लाख मानिस प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ । 

Police evacuate an elderly man in Alotenango, Guatemala 3 June 2018

Bikes covered in ash

man covers face

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ