arrow

ज्वालामुखी विष्फोटमा कम्तिमा २५ को मृत्यु, ३०० घाइते (अपडेट)

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार
gue.JPG

काठमाडौं । ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा मृत्यु हुनेको संख्या बढेको छ । कम्तिमा २५ जनाको मृत्यु भइसकेको छ । 

फुएगो ज्वालमुखी विष्फोट हुँदा ३०० घाइते भएका छन् । राजधानीबाट दक्षिण पश्चिम ४० किलोमिटरमा रहेको स्थानमा ज्वालामुखी विष्फोट भएको हो । 

आकाशमा कालो धुँवा र खरानी फैलिएको छ । ज्वालामुखीले एक गाउँलाई पुरै प्रभावित पारेको छ । 

गाउँका घरािभत्रै मानिस जलेका छन् । केही बाँचेकाले आफ्नो परिवार नै घरमा जलेको आफू भागेर आएको प्रतिक्रिया दिएका छन् । 

ज्वालामुखीले राजधानीको विमानस्थलसमेत बन्द भएको छ ।

राष्ट्रपति जिम्मी मोरालेसले राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । 

राष्ट्रिय दैवी प्रकोप नियन्त्रण प्राधिकरणका सर्जिओ काबानासले ज्वालामुखीको लाभाले एउटा सानो गाउँलाई पुरै ध्वस्त पारेको बताएका छन् । उनले उद्धारको प्रयास भइरहेको बताए । 

ज्वालामुखी विष्फोटबाट १० लाख मानिस प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ । 

Police carry a wounded man in El Rodeo village

woman rests at a temporary shelter

Bikes covered in ash



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ