arrow

अमेरिका–रुसको द्वन्द्वको कारण संकटमा फस्दै मध्यपूर्व

logo
प्रकाशित २०७५ जेठ २१ सोमबार
america-russia.jpg

काठमाडौं । अमेरिका–रुसको बीचमा देखिएको द्वन्द्वको कारण मध्यपूर्वमा थप संकट बढ्नसक्ने संकेत देखिएको छ । पछिल्लोसमय साउदी अरेबिया र कतार बीच देखिएको संकटमा दुई मुलुकहरुको अप्रत्यक्ष भूमिका रहेको देखिएको हो । 

साउदी अरेबियाले कतारलाई रसियाली एस–४०० हवाई रक्षा प्रणाली किनेमा कतारविरूद्ध सैन्य कारबाही गरिने चेतावनी दिएको छ । कतारमाथि एक वर्षअघि साउदी अरेबियालगायतका मुलुकहरुले प्रतिबन्धको निर्णय गरेका थिए । जसमा पछिल्लो समय साउदी अरेबिया अमेरिकासँग नजिक देखिएसँगै कतारले रसियासँग सैन्य एस–४०० हतियार प्रणाली खरिद गर्ने निर्णय गरेको थियो । 

गएको जनवरीमा कतारले रुससँग अत्याधुनिक एस–४०० हतियार प्रणालीका बिषयमा छलफल चलिरहेको बताएको थियो । त्यतिवेला छलफल निकै अघि बढिसकेको बताइएको थियो । 

गत मार्च महिनामा साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अमेरिकाको वासिङटनमा भेट गरेका थिए । भेटको क्रममा साउदी अरेबियाले व्यापक मात्रामा अमेरिकाबाट हतियार खरिद गर्ने सम्झौता पनि गरेको थियो । साउदी अरेबिया र अमेरिकाको बीचमा सो भेटको क्रममा करिब २० अर्ब अमेरिकी डलरबराबरको सैन्य सामग्रीहरु तथा हतियार खरिदको सम्झौता भएको थियो । 

कतारमाथिको प्रतिबन्धसँग साउदीको अमेरिकाको सम्बन्धमा केही सुधार आएको देखिएको छ भने रसियाले कतारलाई हतियार खरिदको लागि प्रेरित गरेको समाचारहरुमा बताइएको छ । रसिया र अमेरिकाको हतियार व्यापारले आगामी दिनमा मध्यपूर्वमा अर्को द्वन्द्व सुरु हुनसक्ने देखिएको छ । 

यसअघि कतारमा २०२२ मा हुन गइरहेको विश्वकप रोक्नका लागि साउदी अरेबियालगायतका मुलुकहरुले कतारमाथि प्रतिबन्ध लगाए पनि कतारले आफ्नो अडान नछाडेपछि साउदीले कतार तर्साउने नयाँ नीति अपनाएको हो तर सैन्य कारबाहीको चेतावनीले भने मध्यपूर्वको अवस्था विकराल बन्नसक्ने विश्लेषकहरुले बताएका छन् ।

अमेरिका र रसियाको मध्यपूर्वको भूमिका पनि सिरिया युद्धको अनुरुप हुनसक्ने देखिन्छ । अमेरिका सिरियाको विपक्षीलाई सहयोग गरेर हतियार बिक्री गरिरहेको छ भने रसियाले सरकारलाई सहयोग गरेर हतियार बिक्री गरिरहेको छ । जसको कारण सिरिया युद्धको अनिश्चितता बढ्दै गएको छ । सोही अनुरुप मध्यपूर्वमा पनि दुई विपरीत पक्षलाई हतियार बिक्री गर्दै यो क्षेत्रलाई थप अशान्त बनाउने भूमिका उनीहरुको रहनसक्ने स्पष्ट देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ