arrow

निर्वाचनपछि कानुन विपरित काम गर्ने दुई पूर्व सांसदसहित पाँच जनालाई जेल सजाय

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
prisoner-jail.jpg

हङकङ । चीनको विषेश प्रशासनिक क्षेत्र हङकङका दुई पूर्व सांसदलाई सोमबार जेल सजायको फैसला भएको छ । चारहप्ते जेल सजाय पाउने पूर्व सांसदहरुमा लेउङ चुङ हाङ र यौ वाइ चिङ रहेका छन् । 

उनीहरुका तीन जना सहयोगीहरुलाई पनि उही जेल सजाय तोकिएको समाचारमा जनाइएको छ । निर्वाचनपछि उनीहरुले केही कामहरु कानुन विपरित गरेको पाइएकाले जेल सजाय गर्ने निर्णय भएको अधिकारीहरुले बताएका छन् । 

कोलुन सिटी अदालतका एक जना न्यायाधिशले सिधै सांसदको स्वाभिमान मास्ने काम गरेकाले ती पाँचै जनालाई जेल सँजाय दिनु परेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ