arrow

ग्वाटेमाला ज्वालामुखी विस्फोटमा ज्यान गुमाउने ६२ पुगे 

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
volcano-update.jpg

काठमाडौं । ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी अहिलेसम्म ६२ जनाको ज्यान गइसकेको छ । आइतबार भएको उक्त शक्तिशाली विस्फोटमा ७ जना र त्यसपछि २५ जनाको शव फेला परेको थियो । 

उद्धार र खोजी कार्य अझै जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । ३०० भन्दा बढी घाइते भएका थिए । 

उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका छन् ।

त्हाँको सेना र प्रहरीले उद्धारको काम जारी राखेको छ । जसका कारण ठूलो संख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको छ ।

स्थानीयवासीलाई उद्धार गरेर अर्को स्थानमा सार्न पनि ठूलो संख्यामा सेना परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । आइतबार राति भएको यस विस्फोटमा परी कम्तीमा पनि १७ लाख मानिस प्रभावित भएका छन् ।

San Miguel Los Lotes in Escuintla, Guatemala June 4, 2018

Police officers and soldiers work in El Rodeo village, Escuintla department, 3 June

Map



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ