arrow

किन बढे घरायसी झगडाका मुद्दा ?

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
lalitpur-map.png

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरमा साउनदेखि यता मात्रै १४३ घरायसी झगडाका मुद्दा दर्ता भएका छन् । 

महिला तथा बालबालिका सेवा केन्द्रमा महिला हिंसाका विभिन्न घटना आइरहेका छन् । त्यसमा सबैभन्दा बढी घरेलु झगडाका घटना भएको केन्द्रकी प्रमुख चञ्चला श्रेष्ठले बताइन् । 

श्रीमान् र श्रीमतीबीच पारिवारिक र आर्थिक बेमेलका घटना बढी आउने गरेका छन् । धेरैजसो मध्यम र निम्न वर्ग तथा अशिक्षित व्यक्तिका मुद्दा प्रहरीसम्म आउँछ । उनी भन्छिन्, “सम्पन्न परिवारका कोही महिला पीडित नै भए पनि समाजले के सोच्ला भनेर डराएर आउँछन् ।” 

दशकौँदेखि प्रहरीसम्म उस्तै प्रकृतिका झगडा आउने गरेका छन् । श्रीमान्ले खान लाउन नदिएको, नागरिकता र सन्तानको जन्मदर्ता नगराएको र अर्की श्रीमती ल्याएका मुद्दा अझै बढी छन् । 

प्रविधिको प्रयोग र सामाजिक जीवनमा आएको परिवर्तनले गर्दा नयाँखालका घटनासमेत प्रहरीसम्म आउन थालेको छ । विवाह नगरी सँगै बस्ने तथा इन्टरनेट वा प्रविधिको प्रयोगमार्फत हुने हिंसाका घटना प्रहरीका लागि नयाँ हुन् । 

श्रेष्ठ भन्छिन्, “कतिपय अवस्थामा महिला आफ्ना श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै आउँछन् तर हामीले अनुसन्धान गर्दा विवाह नभई सँगै बसेका हुन्छन् ।” श्रीमान्–श्रीमतीको झगडामा पहिले श्रीमान् पीडक र श्रीमती पीडित हुन्थे । अहिले श्रीमतीबाट श्रीमान् पीडित भएका केही घटना प्रहरीसम्म आइरहेका छन् । 

साउनदेखि यता परिसरमा घरायसीबाहेक अरु झैझगडाका १४२ मुद्दा प्रहरीसम्म आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ