arrow

ट्रम्प–किम सम्मेलनको सुरक्षा गोर्खाली सेनाले दिने

logo
प्रकाशित २०७५ जेठ २२ मंगलबार
Gurkha_Singapore.jpg

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियका सर्वोच्च नेता किम जोन उनको बीचमा जुन १२ मा हुन गइरहेको सम्मेलनको सुरक्षा सिँगापुरको गोर्खाजले दिने भएको छ । 

समाचारमा बताइएअनुसार खुकुरी र राइफलसहित नेपाली गोर्खा सैनिकले सो बैठकमा सुरक्षा दिनेछन् । दुवै मुलुकका नेताहरु आफ्नो व्यक्तिगत सुरक्षासहित सो  सम्मेलनमा भाग लिन पुग्नेछन् तर त्यो स्थान, सडक र होटलहरुमा भने सिँगापुर प्रहारी र नेपाली गोर्खा सैनिकले सुरक्षा दिनेछन् । 

सिँगापुरका वरिष्ट कूटनीतिज्ञ तथा भीआईपी सुरक्षासँग जानकारले दिएको जानकारीअनुरसार सुरक्षाको हिसाबमा निकै महत्वपूर्ण मानिएको यो सम्मेलनको लागि गोर्खाली सेनालाई चयन गरिएको हो । 

सिँगापुरमा नेपाली गोर्खा सैनिकको उपस्थिति भने थोरै मात्रामा मात्र रहेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी सुरक्षा सचिव जिम म्याटिस तथा अन्य मुलुकहरुका मन्त्रीहरुको बैठकको क्रममा पनि केही गोर्खा सैनिकहरुले सुरक्षा दिएका थिए । 

समाचारमा नेपाली सैनिकले गर्ने तालिमको पनि प्रशंसा गरिएको छ । अहिले अत्याधुनिक हतियारहरु आउँदासमेत खुकुरी विना नेपाली सैनिकको तालिम पूरा नहुने समाचारमा बताइएको छ । सिँगापुरका एक सुरक्षाविद्ले सिँगापुरले दिने सुरक्षामध्येमा सबैभन्दा राम्रो सुरक्षा गोर्खा सैनिकले मात्र दिनसक्ने बताए । 

सिँगापुरका प्रहरी प्रवक्ताले भने कति संख्यामा गोर्खा सैनिकलाई उतारिने भन्ने विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । अहिले सिँगापुर प्रहरीमा १८ सय गोर्खा सैनिकले काम गरिरहेका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्प र किमको बीचमा १२ जुनमा सिँगापुरमा शिखर वार्ता हुन गइरहेको छ । यसको तयारीका लागि अहिले उत्तर कोरिया र अमेरिकाका अधिकारीहरु सिँगापुर पुगिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ