चीनमा फलाम खानी विष्फोट हुँदा ११ श्रमिकको मृत्यु, दर्जनौ फसेको आशङ्का
प्रकाशित २०७५ जेठ २२ मंगलबार
655
Shares
बेइजिङ, चीन ।चीनको उत्तरपूर्वी प्रान्त लियाओनिङमा रहेको एउटा फलाम खानी विष्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी श्रमिक खानीभित्र फसेको आशङ्का गरिएको छ ।
राज्य सञ्चालित चिनियाँ टेलिभिजन सिसीटीभीका अनुसार खानी सञ्चालनमा रहेका समय भएको उक्त दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ ।
मृत्यु हुनेमा अधिकांश खानीमा नियमित काम गर्ने श्रमिक नै परेको बताइएको छ । फसेका श्रमिकको उद्धारका लागि सुरक्षाकर्मी घटनास्थल पुगेको बताइएको छ । एएफपी