arrow

ज्वालामुखी विष्फोटमा दुई सय जना बेपत्ता, मर्नेको संख्या ७५ पुग्यो 

logo
प्रकाशित २०७५ जेठ २३ बुधबार
guatemala-volcano.jpg

काठमाडौं । आइतबार ग्वाटेमालामा भएको ज्वालामुखी विष्फोटमा परी मृत्यु हुनेको संख्या ७५ पुगेको छ । साथै यो विष्फोटमा परी एक सय ९२ जना मानिसहरु हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

प्रभावित गाउँहरु सबै खरानी र हिलोले पुरिएका छन् । मंगलबार नयाँ ज्वालामुखी निस्किएको र तातो ग्यास निस्किएको कारण उद्धारकार्य प्रभावित बनेको छ । 

आइतबारको ज्वालामुखीको कारण १७ लाख मानिसहरु प्रभावित बनेका छन्, जसध्ये तीन हजारलाई उद्धार गरिएको छ । मंगलबार आश्चर्यपूर्णतरिकाले अर्को ज्वालामुखी विष्फोटन भएको हो । 

आइतबार आकाशमा १० किलोमिटरसम्म माथि पुग्नेगरी ज्वालामुखी विष्फोट भएको थियो । सरकारी अधिकारीहरुले अहिले आफूहरुले हराइरहेका मानिसहरुको पहिचानको काम गरिरहेको बताएका छन् । 

आइतबार ज्वालामुखी विष्फोट हुने कुनै पनि सूचना नदिइएको कारण धेरै मानवीय क्षति भएको बताइएको छ । ग्वाटेमालाका केही स्थानीयहरुलाई यो अवस्थामा के गर्ने भन्ने विषयमा तालिम दिइएको भए पनि उनीहरुले त्यसो नगरेकोले यस्तो क्षतिको सामना गर्नुपरेको अधिकारीहरुले बताएका छन् । 

Media members reacts at an area affected by the eruption of the Fuego volcano in the community of San Miguel Los Lotes in Escuintla, Guatemala June 5, 2018.

Volunteers and rescuers evacuate the disaster zone as a column of smoke and ash rises from the area where lava flowed down the Fuego Volcano,

Displaced people walk along a road from an area affected by the eruption of Fuego volcano in Escuintla, Guatemala, 5 June 2018

Graphic showing the pyroclastic flow



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ