arrow

कटारी नगरका सब ईन्जिनियरले पैसा असुल गरेको तथ्य सार्वजनिक

logo
रविन्द्र भट्टराई
प्रकाशित २०७५ जेठ २३ बुधबार
mishra-sub-engineer.jpg

उदयपुर । उपभोक्ता समितिहरुबाट मनोमानि रुपमा कटारी नगरका सब ईन्जिनियरले पैसा असुल गर्ने गरेको एक तथ्य सार्वजनिक भएको छ । कटारी नगरपालिका वडा नं १० सोरुङ्गछब्बिसेको एक उपभोक्ता समितिका अध्यक्ष मानबहादुर खत्रीको साथबाट २० हजार रुपैयाँ असुल गरेपछि यो तथ्य सार्वजनिक भएको हो । 

जनसहभागिता बाहेक ५ लाख बजेट भएको सोरुङ्गछब्बिसे हर्रा भञ्ज्याङ भालुखोला जोर्तिघाट सडक निमार्ण उपभोक्ता समितिका अध्यक्ष खत्रीले सब ईन्जिनियर ओम मिश्रले पैसा असुलेको बताए ।

अध्यक्ष खत्रीले भने, “ बैशाष १६ गते सो आयोजनाको पहिलो किस्ता वापत २ लाख २४ हजार निकासी प्राप्त पछि कटारीको एक होटलमा खाजा खाने क्रममा सब ईन्जिनियरले भुक्तानि भए वापत ४५ हजार माग गरेको र आफुहरुले २० हजारसम्म दिन सकिने भनेर दिएका थियौँ ।”

खत्री मात्र हैन कटारी नगरपालिकाका उपभोक्ता समितिहरु यस्तो चपेटामा वारम्वार पर्ने गरेको स्थानिय कृष्ण थापाले बताए । खत्रीसगैँ सोरुङकै झगटार बाटो उपभोक्ता समितिका हस्तवहादुर मगरले पनि यस्तो समस्याको सामना गर्नुपरेको छ ।

 मगरले भने, “ हामी दुबैलार्इ सब ईन्जिनियर मिश्रले पहिलो किस्ता निकालेपछि भेट्नु भन्नु भएको थियो, भेट्दा पैसा माग्नु भो ४०–४५ हजारको हाराहारीमा, त्यो मागलाई हामिले सकिँदैन भने पछि २०–२० हजारमा उहाँलाई चित्त बुझाएर पठायौँ ।” 

यता मिश्रले भने आफुले कसैसँग यस्तो कृयाकलाव नगरेको भन्दै आफुलाई गिराउने खेल मात्र भएको बताए ।

कमिसन नदिए काम सकिएपनि कागजात नमिलाईदिने गर्दा उपभोक्ताहरू रकम निकासा गर्न कमिसन दिन बाध्य हुनुपरेको उपभोक्ता समितिहरूको गुनासो छ । 

नगरपालिकाको सबै योजनाहरूमा अन्य ईन्जियरलाई काम लगाएपनि अन्यले समेत मिश्रलाई कागजात पुराएर कमिसनको सिकार हुनुपरेको समितिहरूको गुनासो छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ