arrow

मुवाब्जाको माग गर्दै जिल्ला प्रशासनमा प्रदर्शन, अध्यक्ष देउवा पनि उत्रे 

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
agitation.jpg

महेन्द्रनगर । कञ्चनपुरको ओदालीमा सडक निर्माणका क्रममा मासिएको जमिनको मुआब्जा पाउनु पर्ने माग राख्दै स्थानियले र्यालीको आयोजना गर्दै जिल्ला प्रशासन कार्यालयको मुल गेटमा प्रदर्शन गरेका छन् । 
 
मुआब्जाको माग गर्दै बुधबार प्रदर्शनमा उत्रिएका भिमदत्त नगरपालिका १२ ओदालीका स्थानियहरुले   सडकले मिच्ने जमिनको क्षतिपूर्ति पाउनु पर्ने भन्दै सडकमा उत्रिएका हुन । 

ओदालीको बाटो निर्माण को क्रम मा पहिला २५मि र अहिले ६०मिटर चौडाइ भन्दै निर्माणको काम सुरु गर्ने भनिए पछि स्थानिय आक्रोशित बनेका हुन । 

एक बासिन्दा भन्छन् –हाम्रो घर गोठ भत्काउदै छ्न् कुनै  जानकारी नदिएर । बहादुर  बिक भन्छ्न् ‘कुनै सूचना नदिइ आफ्नो मन मर्जी काम गर्दै आएका छन् ,हामीले कति सहेर बस्ने ?’

ओदालीका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्ण सिंह देउवा समेत स्थानियले थालेको बिरोध र्यालीमा  उत्रेका छ्न् । वडाध्यक्ष देउवाले भने यिनी हरु बि।स २०२२साल बाट यो क्षेत्रमा बसो बाँस गर्दै आएका हुन। यिनीहरुले राहत पाउनु पर्दछ । 

र यो समुदायका बासिन्दा गरिब हुन् यिनलाई मुआब्जा चाहियो भन्दै आवाज उठाएका छन् । यदि सम्बन्धित पक्षले मानेन भने सबै यो जिल्ला प्रशासनमा जहिले पनि र्याली गर्न बाध्य हुने उने बताएका  छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ