arrow

वास्तवमा के चाहन्छ उत्तर कोरिया ? 

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
north-korea-teat.jpeg

काठमाडौं । जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियन सर्वोच्च नेता किम जोन उनको बीचमा ऐतिहासिक वार्ता हुने तयारी भइरहेको छ । यसअघि उत्तर कोरियाले विभिन्न किसिमका मिसाइलहरु परीक्षण गर्दै अमेरिकालाई धम्क्याउने गरेकोमा अहिले भने अमेरिकी राष्ट्रपतिसँग उसको वार्ता हुन लागेको हो । 

अहिलेको अवस्थाले उत्तर कोरियाको केही अभीष्टहरु पूरा हुने अवस्थामा रहेको अनुमान गर्न सकिन्छ । उत्तर कोरियाको तर्फबाट कसरी यस्तो यू–टर्न सम्भव भयो ?

वास्तवमा उत्तर कोरिया चाहन्छ त ? 
१ सुरक्षा 
उत्तर कोरियाको लागि सबैभन्दा चिन्ताको विषय सुरक्षा हो । उत्तर कोरियाले आफ्नो विभिन्न किसिमका न्युक्लियर कार्यक्रमहरु ल्याउनुमा सुरक्षाको चिन्ता प्रमुख कारण रहेको देखिन्छ । सुरक्षाको मामिलामा कुनै किसिमको असर नपरोस् भन्नका लागि उसले यस्तो योजना अघि सारेको थियो । 

अमेरिकाले दक्षिण कोरियामा आफ्नो सैन्य कार्यक्रम तथा हिमचिम बढाएसँगै उत्तर कोरियाले मिसाइल तथा न्युक्लियर हतियार परीक्षण गर्ने गरेको थियो । यसले उत्तर कोरिया सुरक्षाको विषयमा निकै चिन्तित रहेको देखिन्छ । साथै उसले यसअघि दक्षिण कोरियासँगको वार्ता पनि अमेरिकाको सैन्य अभ्यास रद्द नगरेसम्म नहुने बताएको थियो । 

२ स्वाभिमान

स्वाभिमानको हिसाबमा उत्तर कोरिया अलिकति पनि सम्झौता गर्न चाहँदैन । उत्तर कोरियालाई अलिकति पनि होच्याउने वा तल पार्ने किसिमको टीप्पणी गरेको खण्डमा उसले कडा जवाफ फर्काउने गरेको छ । केही समयअघि उत्तर कोरियाको पतन लिबियाको जस्तो हुने टीप्पणी अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गरेको कारण ट्रम्पले उक्त भनाइको बचाउ गर्नुपरेको थियो भने उत्तर कोरियाले अमेरिकासँगको वार्ता रद्द गर्ने चेतावनीसमेत दिएको थियो । 

उत्तर कोरियालाई सम्मानको साथ गरिएको सम्झौता तथा आग्रह मात्र उसले मान्ने गरेको छ । यसले उत्तर कोरियाको ठुलो इच्छा स्वाभिमानलाई बचाइराख्नु रहेको स्पष्ट देखिन्छ । 

३ समृद्धि

अहिलेको उत्तरको कोरियाको सबैभन्दा ठुलो आवश्यकता भनेको समृद्धि हो । यो मामिलामा किम जोन उनको पनि जोड रहेको देखिन्छ । किमलाई समृद्धि चाहने नेताको रुपमा विश्लेषक गरिएको थियो । उत्तर कोरियालाई दक्षिण कोरियाको जस्तै आकार दिने र समृद्धिको हिसाबमा अघि बढाउने भन्दै अमेरिकाले प्रतिबद्धता व्यक्त गरेको छ । 

ट्रम्पले पनि लिबियाको जस्तो नभई दक्षिण कोरियाको मोडलमा उत्तर कोरियालाई अघि बढाउने आश्वासन दिएका थिए । साथै ट्रम्पले उत्तर कोरियाले आफ्नो सबै न्युक्लियरको कार्यक्रमहरु त्यागेको खण्डमा उसलाई आर्थिक सहयोग पनि गरिने अमेरिकाले बताएको थियो । 

अमेरिकाले अहिले उत्तर कोरियालाई केवल समृद्धिको आश्वासन दिएको छ । यस्तोमा उत्तर कोरियाले यू–टर्न लिएको छ, यसको अर्थ उत्तर कोरिया वास्तवमा आफ्नो मुलुकमा समृद्धि ल्याउन चाहन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ