arrow

भारतीय प्रधानमन्त्री मोदी फेरि चीन जाँदै, सीसंग हुँदै भेट, के पर्यो त्यस्तो ? 

logo
प्रकाशित २०७५ जेठ २४ बिहिबार
modi-Xi.jpeg

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जाने भएका छन् । केही हप्ता अगाडी चीनको भ्रमण गरेका मोदी छोटो समयमै फेरी चीनको भ्रमण गरेर राष्ट्रपति सि चिन फिङलाई भेट्ने भएका हुन् ।

 त्यतिवेला उनीहरुबीचमा भएको भेटवार्ताका क्रममा सिमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडी बढ्ने समझदारी भएको थियो । विश्वमै चर्चित दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको साङघाइ कोअप्रेसन अर्गनाईजेसनको अवसरमा हुने भएको हो । 

उनीहरुले दुई पक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ । 

व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ