arrow

किमलाई अमेरिका बोलाउने ट्रम्पको तयारी 

logo
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
trump-kim-summit-2018.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनलाई अमेरिकाको ह्वाइट हाउस बोलाउने योजना बनाएका छन् । 

सिंगापुरमा जुन १२ तारिख मंगलबार हुने वार्ता सकारात्मक भएमा किमलाई अमेरिका भ्रमणमा बोलाउने बारेमा सोचेको ट्रम्पले बताएका हुन् ।

किमसँगको वार्ता बारे जापानका प्रधानमन्त्री सिन्जु आबेसँगको छलफलपछि ट्रम्पले यस्तो बताएका हुन् । किमसँगको वार्ताको क्रममा कोरिया युद्ध अन्त्य भएको घोषणा हुन सक्ने ट्रम्पले बताएका छन् ।

Shinzo Abe and Donald Trump

यो वार्ताको सबैभन्दा सहज पक्ष रहन सक्ने ट्रम्पले बताएका छन् । अमेरिका र उसका सहयोगी जापान तथा दक्षिण कोरियासहितका देश उत्तर कोरियाले पूर्ण रुपमा परमाणु निशस्त्रिकरण गर्नु पर्ने बताउँदै आएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाका नेता किमले आफूसँग व्यक्तिगत रुपमै परमाणु निशस्त्रिकरणका लागि तयार रहेको बताएका उल्लेख गरेका छन् ।

सिंगापुरमा हुने ट्रम्प र किमबीचको वार्ताको सुरक्षा नेपाली गोर्खा सेनाले दिँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ