arrow

रुसबाट मिसाइल प्रणाली खरिद गर्ने निर्णयमा भारत अडिग 

logo
प्रकाशित २०७५ जेठ २६ शनिबार
india-S-400-Missile-defense-system-russia.jpg

एजेन्सी। भारतले रुसबाट मिसाइल प्रणाली खरिदमा पछि नहट्ने अडान दोहोर्याएको छ। रुसका लागि भारतीय राजदूत पंकज शरणले एस–४०० वायु रक्षा मिसाइल प्रणाली खरिदबाट पछि नहट्ने बताएका हुन्। अमेरिकाले रसियासँग मिसाइल तथा अन्य सैन्य हतियार खरिद गर्ने मुलकहरुमाथि पनि प्रतिबन्ध लगाउने बताए पनि भारतले रसियासँग मिसाइल प्रणाली खरिदको निर्णय गरेको हो। 

अमेरिकाले पछिल्लो समय रसियासँगको मिसाइल प्रणाली खरिदको सम्झौता रद्द गर्नको लागि लगाताररुपमा दबाब दिइरहेको छ। अघिल्लो महिना भारतले ४० करोड भारतीय रुपैयाँबराबरको रसियन मिसाइल प्रणाली खरिदको सम्झौता गरेको थियो। 

अघिल्लो महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भ्लादिमिर पुटिनको बीचमा भएको वार्ताको क्रममा पनि सुरक्षाको विषयमा चर्चा भएको शरणले जानकारी दिए।  आगामी अक्टोबर महिनामा दुई पक्षको बीचमा शिखर सम्मेलन हुनसक्ने पनि शरणले जानकारी दिए। यो सम्मेलनमा यस विषयमा थप कुराकानी हुनसक्ने उनले बताए। 

भारत अहिले विश्वका केही मुलुकहरुले मात्र पाएको मिसाइलको अधिकार पाउने योजनामा अघि बढिरहेको छ। यस विषयमा भारतले अमेरिकाको वासिङटनमा अमेरिकी अधिकारीहरुसँग हुने वार्तामा पनि यस विषयलाई उठाउनसक्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ