arrow

चीनले नेभीको विवरण ह्याक गरेको अमेरिकाको आरोप

logo
प्रकाशित २०७५ जेठ २६ शनिबार
usa-submarien.jpg

एजेन्सी। अमेरिकी सञ्चारमाध्यमहरुले चीनले अमेरिकी नेभीको महत्वपूर्ण विवरणहरु चोरी गरेको आरोप लगाएका छन्। चीनले नेभीमा रहेको उच्च संवेदनशील विवरणहरु चोरी गरेको आरोप लगाइएको हो। 

अमेरिकाको सुपरसोनिक मिसाइल प्रोजेक्टका महत्वपूर्ण विवरणहरु चीनले चोरी गरेको अमेरिकाको आरोप छ। अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार गएको जनवरी र फेब्रुअरी महिनामा सो आक्रमण भएको हो। 

ह्यारहरुले अमेरिकाको पानीमुनिको हतियार र अन्य समद्रीहतियारहरुको विषयमा काम गरिरहेको सैन्य संगठनको विवरणहरु चोरी गरेका हुन्। अमेरिकाको गुप्तचर संस्था एफबीआईले यस विषयमा अनुसन्धान सुरु भइरहेको जानकारी दिएको छ। सन् २०२० सम्मको अवधिमा एन्टि सिप मिसाइल प्रणाली इन्स्टल गर्ने योजनामा अमेरिका अघि बढिरहेको छ। 

अमेरिकाको उक्त योजनामा निकै महत्वपूर्ण हुने उक्त विवरणहरु अहिले चोरी भएको हो। यस किसिमका विवरणहरु विकास हुँदै गरेको प्रविधिमा आधारित रहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियन नेता किम जोन उनको बीचमा भेटवार्ता हुन गइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ