arrow

ट्रम्प भन्छन् – ‘सिंगापुर सम्मेलन किमको लागि अन्तिम मौका’

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
trump-kim-summit-2018.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको लागि जुन १२ ( जेठ २९ गते) मा हुन गइरहेको सम्मेलन अन्तिम मौका हुने बताएका छन् । अहिले दुई मुलुकहरुको बीचमा भेटवार्ताको तयारी अन्तिम चरणमा रहेको छ । 

ट्रम्पले उत्तर कोरियाले आगामी दिनमा उत्तर कोरियाले सकारात्मक कदम उठाउने विश्वास व्यक्त गरेका छन् । उनले उसको लागि यो अन्तिम मौका रहेको कारण पनि उसले कुनै गलत कदम नउठाउने बताएका हुन् । 

सीएनएनको विवरणअनुसार क्यानडामा शनिबार जी७ सम्मेलनमा उत्तर कोरियासँगको वार्ताको प्रस्ताव शान्तिको मिसन रहेको बताएका हुन् । 

यद्यपि उनले यो वार्ताको सफलताको विषयमा अनिश्चितता व्यक्त गरेका छन् । उनले आफूले उत्तर कोरिया परमाणु हतियार छोड्न तयार रहेको वा नरहेको भन्ने कुरा एक मिनेटभित्र थाहा पाउने बताएका हुन् । 

उत्तर कोरिया पूरै रहस्यमयी मुलुक रहेको र उसको वास्तविकता के हो भन्ने विषयमा धेरै कुराहरु गोप्य रहेको अवस्थामा उसको परीक्षणको लागि यो वार्ताको प्रस्ताव गरिएको उनको भनाइ छ । 

यसअघि ट्रम्पले यो बैठकको लागि आफू पहिलेदेखि नै तयारी अवस्थामा रहेको र यसमा थप केही तयारी गर्नुपर्ने आवश्यकता नरहेको बताएका थिए । 

उनले यो सम्मेलनमा सबै कुराहरु सही तवरले अघि बढेको खण्डमा आगामी दिनमा अमेरिका भ्रमणको लागि आफूले किमलाई निम्तो दिने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ