arrow

ट्रम्पसँगको बहुप्रतीक्षित ऐतिहासिक वार्ताको लागि किम सिँगापुर पुगे

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार

काठमाडौं । उत्तर कोरियन नेता किम जोन उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको ऐतिहासिक वार्ताको लागि आइतबार सिँगापुर पुगेका छन् ।

पछिल्लो सात दशकयता एकअर्काका विपक्षीको रुपमा रहेका मुलुकहरुको सम्बन्ध अहिले सुधारको क्रममा रहेको छ । किम जोन उन आइतबार स्थानीयसमयअनुसार तीन बजे सिँगापुर विमानस्थलमा उत्रिएका हुन् । सार्वजनिक गरिएको भिडियोमा किमले उल्लेख्य मात्रामा सुरक्षाकर्मीका साथै अन्य व्यवस्था पनि गरेका छन् ।

यो भ्रमण सन् २०११ देखि सत्तामा रहँदै आएका उत्तर कोरियाका तेस्रो पुस्ताका नेताको लागि निकै महत्वपूर्ण तथा ठुलो भ्रमण हो । यस वर्ष किमले निकै महत्वपूर्ण भेटवार्ताहरु गरिसकेका छन् । उनले दक्षिण कोरियाका राष्ट्रपति मून जाइ–इनसँग पनि दुईपटक वार्ता गरिसकेका छन् । साथै उनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई पनि दुईपटक भेट गरिसकेका छन् ।

अघिल्लो वर्ष मिसाइल तथा परमाणुको हतियार विस्तारमा अघि बढिरहेका उत्तर कोरियन नेता अहिले मुलुकको आर्थिक विकास तथा समृद्धितर्फ उन्मुख देखिएका छन् ।

आइतबार उनले सिँगापुरका प्रधानमन्त्री ली सेन लूङसँग भेटवार्ता गर्नेछन् । किमको सिँगापुर पुग्ने तालिकाभन्दा केही समयअघि नै किम सिँगापुर पुगेका हुन् । यो वार्ताका लागि ट्रम्प सोमबार सिँगापुर जाँदैछन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ