arrow

एउटा ट्वीटले ल्यायो ट्रम्पलाई विवादमा

logo
प्रकाशित २०७५ जेठ २७ आइतबार
dronaldtrumps.jpeg

फ्राङ्कफर्ट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी–७ बारे आइतबार गरेको टवीटर सन्देश वासिङ्टनको यूरोपप्रतिको विश्वास विगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ ।

जर्मनीका विदेशमन्त्री हेइको मासले भने, “जी–७ सम्मेलनको समाप्तिसँगै सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा समर्थन नजनाएर ट्रम्पले गरेको ट्वीटर सन्देशले वासिङ्टन र यूरोपबीचको विश्वासिलो सम्बन्धलाई ‘तोडेको’ छ ।”

‘एउटा ट्वीटले अमेरिका र यूरोपबीचको असाधारण विश्वासलाई छिट्टै तोड्न पनि सक्छ । त्यसैले यूरोपले एक भएर आफ्नो हितका लागि प्रतिवाद गर्नेछ, मासले आफ्नो ट्वीट सन्देशमा भनेका छन् “एकतावद्ध यूरोप पहिला अमेरिकाको प्रतिउत्तर हो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ