arrow

ट्रम्प–किम वार्तामा चीनको भूमिकाबारे उठेका प्रश्नहरु 

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
trump-kim-summit-2018.jpg

काठमाडौं । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियन सर्वोच्च नेता किम जोन उनको बीचमा भेटवार्ताको तयारी भइरहेको छ । यस्तोमा यो बैठकमा चीनको भूमिका निकै महत्वपूर्ण हुनसक्ने विभिन्न विवरणहरुले देखाउँदै आएका छन् । 

चीन उत्तर कोरियाको सबैभन्दा नजिकको सम्बन्ध रहेको मुलुक हो । साथै अमेरिकाको सबैभन्दा ठुलो प्रतिस्पर्धी मुलुक पनि हो । जसको कारण यो वार्तामा चीनको ठुलो भूमिका हुनसक्ने बताइँदै आएको छ ।

यस्तो अवस्थामा चीनको विषयमा केही प्रश्नहरु उठेका छन् – 
१, चीन के चाहन्छ ? 
एक शब्दमा भन्नुपर्दा स्थायित्व । चीन आफ्नो सीमानामा कुनै किसिमको न्युक्लियर हतियारको गोलाबारी भएको हेर्न चाहँदैन । चीनले उत्तर कोरियाको व्यवहारलाई राम्रोसँग चिनेको छ । साथै उसले अमेरिकाको यस किसिमको वार्ताको प्रयासलाई गलत अर्थमा बुझिरहेको छ । अमेरिका र उत्तर कोरियाको बीचमा देखिएको सम्बन्धले युद्धलाई निम्ता दिनसक्ने देखिएसँगै चीनले यो समस्यालाई समाधान गर्ने बाटो रोजेको हुनुपर्ने विश्लेषकहरुको भनाइ छ ।

यद्यपि न्युक्लियर हतियारको साथै अन्य मामिलामा पनि उत्तर कोरिया आफ्नै हिसाबमा अमेरिकासँग सम्झौता गरेको खण्डमा भने उत्तर कोरियामा अमेरिकाको सैन्य उपस्थिति पनि हुनसक्छ । जुन चीनको लागि सुरक्षाको हिसाबमा केही समस्या भने हुनसक्छ ।
 
२, उत्तर कोरियामा चीनको कस्तो प्रभाव छ ? 
व्यापारिक हिसाबमा चीनले उत्तर कोरियाको बाह्य व्यापारको ९० प्रतिशतको हिस्सा ओगट्ने गरेको छ । यद्यपि यद्यपि चीनले उत्तर कोरियालाई वार्ताको लागि दबाब भने दिएको छैन । चीनले आफ्नो छिमेकी मुलुकको विरुद्धमा अहिलेसम्मकै सबैभन्दा ठुलो प्रतिबन्ध लगाउने विषयमा हस्ताक्षर गरेको थियो । जसले उत्तर कोरियालाई न्युक्लियर हतियार छाड्नेपर्ने बाध्यता देखिएको हो । 

किम जोन उन आइतबार आफ्नै कारण र आफ्नै नीतिको कारण सिँगापुर ओर्लिएका हुन् तर चीनको लगाएको प्रतिबन्ध पनि आफ्नै उद्देश्य पूरा गर्नु रहेको थियो । अहिलेको वार्ताले उत्तर कोरियाको व्यापारिक विस्तार अमेरिकासम्म पनि हुनसक्छ  । यसले चीनको उत्तर कोरियामाथिको चाहना केही कम गर्न त सक्छ तर पूरै अस्वीकार गर्न भने सक्दैन । 

तीन महिनाअघि उत्तर कोरियन नेता र सि चिनफिङको बीचमा भेटवार्ता भएको थियो । उनीहरुको बीचमा त्यसयता पुनः भेटवार्ता भइसकेको छ । दुवै भेटवार्ता ट्रम्प–किम सम्मेलनको घोषणा भइसकेपछि भएका हुन् । यससँगै धेरै कूटनीतिज्ञहरुले चीन यो वार्ताको मुख्य भूमिका निर्वाह गरिरहेको मुलुक रहेको भन्दै चीनको आलोचना गरेका थिए । 

चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको वार्तापछि किमको व्यवहारमा परिवर्तन आएको भन्दै ट्रम्पले निराशा पनि व्यक्त गरेका थिए ।

३, यो सम्मेलन असफल भए चीनले के गर्ला ? 
 चीनको लागि यो सम्मेलनमा हुने कुनै सम्झौता, सहमति, भेटघाट र अस्पष्ट योजनाले पनि कुनै असर पार्दैन । चीन यो सम्मेलनमा न्युक्लियर हतियार त्याग्ने विषयमा ठुलो केही निर्णय नगरुन् भन्ने चाहन्छ तर यो सम्मेलनमा आर्थिक तथा आन्तरिक सुधारको विषयमा छलफल होस् भन्ने चाहन्छ । 

अघिल्लो महिना चिनियाँ विदेशमन्त्रालयले उत्तर कोरियन नेताको चीन भ्रमणको उद्देश्य चीनको आन्तरिक आर्थिक विकासको अध्ययन गर्नु रहेको बताएको थियो । यो चीनको लागि सधैं सकारात्मक नतिजा दिने किसिमको हुनेछ । 

चीनको लागि यो कुनै संकट नभएर एक मौका पनि हुनसक्ने विश्लेषकहरु बताउँछन् । केही हदसम्म उत्तर कोरियाको न्युक्लियर गतिविधिहरु हटाउने र उसको आर्थिक क्षेत्रको सुधार गर्दै आफ्नो व्यापार विस्तारको मौका चीनसँग रहनेछ । 

अमेरिकाले अघि सारेको उत्तर कोरियाको समृद्धिको योजनाको केही फाइदा चीनलाई पुग्नसक्छ । उत्तर कोरियाका चीनमा रहेका एक विश्लेषक उत्तर कोरियाले यो सम्मेलनमा जस्तो सम्झौता गरे पनि चीनसँग लामो समयम्म कसरी आफ्नो लक्ष्य हासिल गर्ने भन्ने किसिमको योजना रहेकोले त्यसले कुनै अर्थ नराख्ने बताए । 

यद्यपि यसले उत्तर कोरियाको आर्थिक सुधारको लागि भने सहयोग पुग्ने उनले बताए । चीन अहिले सिँगापुर बैठकको निर्णयको प्रतीक्षामा रहेको छ । यो सम्मेलनले उत्तर कोरियामाथिको प्रभाव थप विस्तार गर्ने योजना चीनको रहेको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ