arrow

ट्रकको ठक्करबाट घोडाघोडीमा चम्फे बिष्टको घटनास्थलमै मृत्यु 

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ जेठ २८ सोमबार
Death-body-nepali-simbol.jpg.jpeg

कैलाली। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडि नगरपालिका १ सुखड बजार नजिकै ट्रकको ठक्करबाट सोमबार राती ९ बजे एक जनाको घटनास्थलमै ज्यान गएको छ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ४ ख ८४६३ नम्बरको ट्रकले ठक्कर दिदा घोडाघोडी नगरपालिका २ साडेपानीका चम्फे बिष्टको ज्यान गएको हो। 

इलाका प्रहरी कार्यालय सुखडका अनुसार मृतकको सनाखत भएको र ठक्कर दिने ट्रकको समेत पहिचान भइ नियन्त्रणमा लिइएको छ। 

बिष्टको ज्यान लिने गरि ठक्कर दिएर फरार रहेको ट्रक र ट्रक ड्राइभरलाई ईलाका प्रहरीले लम्किले नियन्त्रण लिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ