arrow

अर्घाखाँची सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
arghakhanchi-cement.jpg

अर्घाखाँची। सियारी गाउँपालिकाले आयोजना गरेको ‘शिक्षित सियारी, शिक्षित समाज’ नामक कार्यक्रममा अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरेको छ ।

अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका ३ हजार ३ सय विद्यार्थीहरुलाई एक वर्षसम्म आवश्यक पर्ने स्कुल ब्यागसहित विभिन्न शैक्षिकसामग्रीहरु एकमुष्ट उपलब्ध गराएको हो । सरकारले सुरु गरेको ‘हामी सबैको इच्छा, अनिर्वाय निःशुल्क शिक्षा नामक महान अभियानलाई सार्थक पार्न अर्घाखाँची सिमेन्ट उक्त कार्यक्रममा जोडिएको हो ।

‘शिक्षित सियारी, शिक्षित समाज’ कार्यक्रममा उक्त क्षेत्रमा भएका सम्पूर्ण बालबालिकाहरुलाई बिद्यालयमा झिकाऔँ, सिकाऔँ र टिकाऔँ भन्ने मूल नारा अन्तर्गत सबैकालागि शैक्षिक समाग्री वितरण गरिएको हो । कार्यक्रममा सियारी गाउँपालिकाका सबै विद्यालयका ३ हजार ३ सय विद्यार्थीका लागि वर्षभरी आवश्यक पर्ने शैक्षिक समाग्रीहरु विभिन्न स्कुलका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ