arrow

ट्रम्प–किम वार्ता सुरु, ट्रम्प–किम एक्लाएक्लै पनि कुराकानी गर्दै 

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
trump-kim2.jpg

सिंगापुर । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको शिखर वार्ता सुरु भएको हुँदैछ । दुवैबीच स्थानीय समय अनुसार मंगलबार बिहान ९ बजे वार्ता सुरु हुन लागेको हो । 

बीबीसीले नेपाली समयअनुसार बिहान ६ बजेर ४८ मिनेटमा वार्ता सुरु हुने जनाएको छ । 

वार्ताका लागि दुवै आफूहरु बसेको होटल छाडेर समयमै वार्तास्थल पुगेका छन् । 

पहिले सामुहिक वार्ता हुँदैछ । 

सामुहिक वार्ता सकिएपछि दुवैबीच एक्ला एक्लै भेटवार्ता हुने छ । एक्ला एक्लै भेटवार्तामा उनीहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । 

त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन् । 

भेटवार्ताको प्रक्रिया सकिएपछि ट्रम्प लगत्तै अमेरिका फर्किने छन् ।  

अपेक्षा गरिएभन्दा चाडो उनी वार्ता भएकै दिन राति ८ बजे स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ । 

विश्व शान्तिका लागि अहिलेसम्मकै महत्वाकांक्षी भेटवार्ता मानिएको यो वार्ताको सुरक्षा सिंगापुरमा रहेका नेपाली गोर्खा सेनाले दिइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ