arrow

ट्रम्प–किमबीच ऐतिहासिक भेटवार्ता, एक्लाएक्लै कुराकानी 

विश्वभर प्रत्यक्ष प्रसारण, उत्तर कोरिया वञ्चित 

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सिंगापुरको होटल क्यापेलामा एतिहासिक भेटवार्ता भइरहेको छ । दुवैबीचको शिखर वार्तालाई विश्वले नै प्रत्यक्ष प्रसारणमार्फत हेरिरहेको छ । 

तर उत्तर कोरियाले भने हेर्न पाएको छैन । उत्तर कोरियामा बाहिरी च्यानलहरुमा प्रतिवन्ध लगाइएको छ । 

ट्रम्प र किमले भेटपछि संचारकर्मीसंग छोटो प्रतिक्रिया दिँदै विश्व शान्तिका लागि वार्ताका लागि बसिरहेको प्रतिक्रिया दिएका छन् । 

दुवैबीच पहिले एक्लाएक्लै वार्ता भइरहेको छ । एक्ला एक्लै भेटवार्तामा उनीहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी छन् । 

North Koreas leader Kim Jong Un (L) walks with US President Donald Trump (R) at the start of their historic US-North Korea summit,North Koreas leader Kim Jong Un (L) walks with US President Donald Trump (R) at the start of their historic US-North Korea summit,यो एक्लाएक्लै वार्तापछि मात्र सामुहित वार्ता हुनेछ । 

त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन् । 

भेटवार्ताको प्रक्रिया सकिएपछि ट्रम्प र किम मंगलबारै स्वदेश फर्कने छन् । 

विश्व शान्तिका लागि अहिलेसम्मकै महत्वाकांक्षी भेटवार्ता मानिएको यो वार्ताको सुरक्षा सिंगापुरमा रहेका नेपाली गोर्खा सेनाले दिइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ