arrow

किमसँगको पहिलो भेटमा ट्रम्पले आफैं किन हात बढाए ?

आधा उमेर कान्छा किमप्रति ट्रम्पको अभिभावक शैली

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
trump6.JPG

काठमाडौं । विश्वका चर्चित २ नेता अमेरिकी राष्ट्रपति डोनल्डट्रम्प सिंगापुरको क्यापेला होटलको भुुइँतलाको बायाँ र उत्तर कोरियाली सुप्रिमो किम जोङ उन, दायाँपट्टिको कोठाबाट छिँडीमा निस्किए ।

रातो कार्पेट ओछ्याइएको छिँडिमा देखादेख भयो । ट्रम्पले शुरुमा हात अगाडी बढाए, त्यसपछि किमले । करीब १२ सेकेण्ड हात समाते हल्लाउँदै दुुबैले । ट्रम्प बढी कन्फिडेन्ट देखिए किम भन्दा । उमेरले ट्रम्प ७१ वर्ष पुुगे । नेता किमको उमेर ठ्याक्कै भन्न सकिँदैन । दक्षिण कोरियाली रेकर्ड अनुसार उनी ३५ वर्षका भए । अमेरिकी रेकर्ड अनुसार ३४ वर्ष । 

प्याट डिप्लोमेसी 
उमेरले पाका र उचाइ पनि किम भन्दा झण्डै आधा फिट अग्ला ट्रम्पले (किमको उचाई ५ फिट ५ इन्छ, ट्रम्पको ६ फिट २ इन्च) पहिलो भेटमै किमलाई हात समातेर दायाँ पाखुरामा थपथपाए । किमले हिम्मत गर्न सकेनन् ।

कुटनीतिक हिसाबमा यो हाउभाउलाई महत्वका साथ हेरिन्छ, आत्मियता र अभिभावकत्वको रुपमा । पहिलो जम्काभेटपछि भने किमले अलिक सहज महसुस गरे । एक्ला एक्लै वार्ताको लागि जाँदा उनले ट्रम्पलाई छाडेनन्, ट्रम्प जता गयो उतै सँगसँगै ।

उपस्थित भएकाहरुलाई पनि ट्रम्पले पहिले हात हल्लाए, त्यसपछि किमले । एक्लै वार्तामा पस्नुुअघि नै ट्रम्पले वार्ता “जबरजस्त अत्यन्त सफल” हुन्छ भनिदिए । किमले चाहिँ यहाँ आइपुुग्न त्यति सहज थिएन, पुराना पूर्वाग्रह र अभ्यासले अबरोध ल्याए, तर हामीले ती बाधा हटायौं र यहाँ आइपुुग्यौं भने । –एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ