arrow

ट्रम्प–किमबीच एक्लाएक्लै ३८ मिनेट वार्ता 

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियन सर्वोच्च नेता किम जोन उनको बीचमा ऐतिहासिक भेटवार्ता भएको छ । सिँगापुरमा उनीहरुको बीचमा मंगलबार भेटवार्ता भएको हो । 

किमसँग हात मिलाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो लागि यो एक सम्मानको क्षण रहेको बताएका थिए । लामो समयदेखि यी दुई मुलुकहरुको बीचमा विभिन्न किसिमको विवादहरु हुने गरेको अवस्थामा मंगलबार पहिलोपटक दुई मुलुकका प्रमुखहरुको बीचमा भेट भएको हो । 

सो भेटमा ३८ मिनेट कुराकानी भएको थियो । ट्रम्पले सुरुवाती भेटवार्ताको क्रममा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिएका थिए । उनले आफूहरु ठुलो छलफल गर्न गइरहेको बताए । उनले यो वार्तामा महत्वपूर्ण सफलता हासिल हुने र दुई मुलुकको बीचमा निकै राम्रो सम्बन्ध कायम हुनेमा कुनै शंका नरहेको बताएका छन् । 

उत्तर कोरियन नेता किमले पनि आफूहरुको भेट त्यति सहज नरहेको अवस्थामा पनि आफूहरुले विभिन्न अवरोधहरु पार गर्दै यहाँसम्म आइपुगेको प्रतिक्रिया दिए । 

दुई नेताहरुको भेटमा एक दोभाषे बाहेक अन्य कसैलाई पनि प्रवेशको अनुमति दिइएको थिएन । ट्रम्पले भेटपछि सोधिएको न्युक्लियर हतियार छाड्ने विषयको प्रश्नमा भने कुनै पनि उत्तर दिएनन् । यद्यपि दुई मुलुकका अधिकारीहरुसँगको बृहत् छलफलको क्रममा भने उनीहरुको बीचमा यस विषयमा वार्ता हुनसक्ने बताइएको छ । 

उत्तर कोरियन नेता किमले यसअघि निकै चुनौतीहरु रहेको तर आफू सबै चुनौतीलाई पार गरेर अघि बढ्नको लागि तयार रहेको प्रतिक्रिया दिए । 

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई मन जपराउने मानिसहरुले यो वार्ता अमेरिकाको लागि ठुलो नोक्सानी भएको बताएको तर पछिल्लो समय मिसाइलको परीक्षण, अनुसन्धान तथा नयाँ निर्माणको काम रोकिनु ठुलो सफलता रहेको बताएका छन् । 

अहिले दुई मुलुकको बीचमा वार्ता जारी रहेको भन्दै यो वार्ताको विषयमा थप विवरण भने सार्वजनिक गरिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ