arrow

किन जलाए एकाविहानै प्रधानमन्त्री ओलीको पुत्ला 

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
putla.jpeg

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । 

मंगलबार विहानै विद्यार्थीहरुले लमजुङ सदरमुकाम बेशीसहरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । बेसीशहरको भीमसेनथान चोकमा सयौंको संख्या भेला भएका विद्यार्थीले मूल्य घटाउन माग गर्दै पुत्ला जलाएका हुन् ।

 
नेवि संघ नेता सुवास अधिकारीको अगुवाइमा पार्टी कार्यालयबाट मनाङ चौतारा, सेराचोक हुँदै सुरु भएको जुलुस चोकबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ