arrow

स्कुल बसको ठक्करबाट दुधे बालकको मृत्यु

logo
देवानन्द न्यौपाने
प्रकाशित २०७५ जेठ २९ मंगलबार
accident-final.jpeg

कैलाली । स्कुल बसको ठक्करबाट कैलालीको लम्कीचुहा नगरपालिका १० चुहामा नाबालकको घटनास्थलमै मृत्यु भएको छ । 

मोतिपुरमा रहेको गुरुकुल विद्यालयको भे १ प ४०४३ नम्बरको बसले ठक्कर दिदा चुहाका महेन्द्र भण्डारीका ढाई बर्षिय नावालक छोरा भुवन भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानियहरु भएका छन । बालकाको सव घटना स्थलमै रहेको छ । मृतक नाबालकका बुवा रोगारीको शिलशिलामा भारतमा बस्दै आएको र बाजे पहाडमा गएका पारिवारिक स्रोतले जनाएको छ । 

गुरुकुलमा पढ्ने  दाजु र दीदीलाई बसमा चढाउन मंगलबार विहान करीब ९ बजे सडकमा आएकी आमा मिना भण्डारीको पछिपछि आएका भुवन खेल्दै बस अगाडि पुगेका थिए । 

बस चालकले ध्यानै नदिई गाडि अगाडि बढाएपछि बालकको ठक्करबाट घटनास्थलमै मृत्यु हुन पुगेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ