arrow

ट्रम्प–किम वार्ता सकियो, के छ संयुक्त घोषणापत्रमा ?

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
trump6.JPG

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोनले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् । मंगलबारको वार्तापछि उनीहरुले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।  उत्तर कोरियालाई सुरक्षा ग्यारेन्टीको बदलामा पूर्ण परमाणु निःशस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने सहमतिमा दुवै मुलुकका प्रमुखले हप्ताक्षर गरेका हुन् ।

सहमतिपत्रमा अमेरिका र उत्तर कोरियाको बीचमा नयाँ सम्बन्ध विस्तार हुने पनि उल्लेख गरिएको छ । मंगलबारको वार्तापछि सार्वजनिक गरिएको घोषणपत्रका मुख्य बुँदाहरु यसप्रकार छन्–

१. अमेरिका र उत्तर कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी–उत्तरकोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन्।

२. अमेरिका र  उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकताबद्ध तुल्याउनेछन्।

३. सन् २०१८ को एप्रील २७ तारिखमा भएको पाममुनजम घोषणापत्रप्रति समर्थन जनाउंदै, उत्तर कोरिया कोरियाली प्रायद्वीपको पूर्ण परमाणु निशस्त्रीकरणको दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ।

४. संयुक्त राज्य अमेरिका र उत्तर कोरिया युद्धविराम र लडाईँका क्रममा बेपत्ता भएकाहरुको अवशेष खोजी गर्ने र पहिचान भैसकेका पार्थिव अवशेषहरुलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउँछन्।

सिँगापुरमा आयोजित हस्ताक्षर समारोहमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँगको वार्ता कसैले अनुमान गरेभन्दा पनि राम्रो ढंगले सफल भएको बताए।आफूहरुबीच विशेष सम्बन्ध बनेको पनि उनको भनाइ छ।
उत्तर कोरियाली नेता किमले आफूहरु विगतलाई पछाडि छाड्न सहमत भएको बताए । विभिन्न आशंकाहरुको बीचमा मंगलबारको शिखर वार्ता सम्पन्न भएको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ