नारायण'हिटी'का माछा कसरी पुगे नक्साल ? 

‘खोलो तर्‍याे लौरो विर्स्याे’को अवस्थामा राज्य

यमुना भण्डारी, प्रकाशित मिति : २०७५ जेठ २९ मंगलबार

काठमाडौं । नारायणहिटी संग्रालयले उठाएको राजश्व गएको महिना मात्रै सरकारले बुझ्यो । ९ वर्षमा २७ लाखले अवलोकन गरे । २३ करोड राजस्व संकलन भयो । 

नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको ९ वर्षमा २७ लाख ३१ हजार ४ सय ८५ जनाले अवलोकन गरेका हुन् । यो विवरण गएको वर्ष चैत मसान्त सम्मको हो । अहिले दुई महिनामा पनि थुप्रैले अवलोकन गरिसकेको छन् । 

२०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि त्यही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको थियो । गएको जेठ १५ गते नजिकैको सैनिक मञ्चमा तामझामका साथ ११औँ गणतन्त्र मनाउँदा नारायणहिटी सुनसान थियो । गणतन्त्रमा नारायणहिटीको के नै चाँसो हुन्थ्यो र राज्य वा सरकारलाई ?

तर, त्यही नारायणहिटी अघिल्तिरको हिटी पोखरी अहिले मान्छेको नजरमा पर्न छोडेको छ । अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रम एवं बजेट राजश्वमुखि छ । राज्य राजश्व मनग्य उठोस् भन्ने चाहन्छ । नारायणहिटी संग्रहालयबाट पनि राजश्व लिइरहेकै छ । तर, नारायणहिटी प्रवेश गर्ने मूल ढोका अगाडीको हिटी पोखरी संरक्षणको पखाईमा छ । पहिले–पहिले माछा हेर्नलाई भएपनि मान्छेहरु हिटी पोखरी पुग्थे । त्यसको आकर्षण थिए । विभिन्न रंग र प्रजातिका माछा । अहिले ती माछा नासिएका छन् । 

अहिले त्यो पोखरीमा लेउ मात्रै छ । कहाँ हराए माछा ? नजिकैका स्थानीय सजिलै भन्छन्, –‘पोखरीमा ढल मिसियो, कसैले वास्ता गरेनन् । ति माछा लोप भएर गए । कयौँ प्रजातिका थुप्रै माछा थिए, हिटी पोखरीमा । 

तर त्यही हिटी पोखरीका केही प्रजातिका माछा नक्सालस्थित ढुंगेधारामा पुगेका छन् । अहिले हिटी पोखरीका माछा नक्सालको ढुंगेधारामा हेर्न पाइन्छ । तर, धेरै होइन, थोरै मात्र । हिटी पोखरीमा भएजति माछा भने ढुंगेधारामा छैनन् । हिँउदमा ढुंगेधाराबाट पानी नआउने भएकाले पनि हिटी पोखरीका माछा हेर्न पाईएको हो ।  

हिटी पोखरीको माछा कसरी पुग्यो नक्सालको ढुंगेधारा ? 
स्थानीय सुरेशकुमार श्रेष्ठ । आफुलाई समाजसेवी भन्न रुचाउँछन्, उनी । स्थानीय तहको चुनावमा ३ भोटले हारेको सुनाउँछन् उनी । उनले हो ढुंगे धारामा माछा हालेको । ढुंगेधारामा माछा किन राखिएको ? जवाफमा उनी भन्छन्, ‘यो माछाको राख्नुको छुट्टै कारण छ ।

नारायणहिटी अगाडिको हिटी पोखरीमा ढल मिसिएपछि सबै माछा छट्पटाउन थाले । कयौँ मरे । त्यो देखेर म आफैलाई छटपटी भयो । त्यहीँबाट दुई तीन सय माछा ल्याएको थिए । यहाँ आएपछि केही मरिहाले । केही त्यही हिटी पोखरीका माछा हुन् ।’

पहिले यो कुरा पनि एक दमै फोहोर थियो, उनले भने, ‘माछा ल्याएपछि हामीले रंग रोगन गरेर सफा गरेर मान्छेले हेर्नलाहेक बनायौँ ।’ अनि ढुंगेधारामा मान्छेले पानी खानु पर्दैन ? जवाफमा उनले भने, ‘हामीले पानी ट्याङ्कीमा राखेर छुट्टै वितरण गर्ने गरेका छौँ । दुई हजार लिटरको ट्याङ्की राखेका छौँ । अहिले दोहोरो फाइदा छ । अहिले स्थानीयले पानी पाएकै छन् भने माछा हेर्न पनि पाइएको छ ।’ घुम्न आउने मान्छेहरु हेर्छन् ।’ उनले कसैको जन्मदिन परे माछा छोड्ने गर्छन भने, । यस्तै, कसैको मृत्यु भएमा मृतकको सम्झनामा पनि माछा छोड्ने गरेको उनले जानकारी दिए । 

कति प्रजातिका माछा छन् ? ‘६–७ प्रजातीको माछाहरु छन्’ उनको जवाफ थियो । अहिले यो बाटो हिड्ने जो कोही यो पर्खालबाट घाँटी तन्काएर हेर्छन् नै । यो माछा कसैले लान पाउँदैन, उनले भने, ‘मरे आफै मर्छन्, जीवित भएका यहीँ हुन्छन् ।’ अनि तपाईले माछा ल्याएको हिटी पोखरीमा अहिले एउटा पनि माछा छैन ? उनले जवाफमा भने, ‘छैन । सबै नासिए । मैले न्यहाँको माछा जोगाएको छु ।’ 

नयाँ