कम्युनिष्टहरुले संविधान माथि जालझेल शुरु गरेको पौडेलको टिप्पणी
कम्युनिष्टहरुले गर्न थाले रकमी कुरा
प्रकाशित २०७५ जेठ २९ मंगलबार
313
Shares
काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी कुनै गैरसरकारी संस्था वा कुनै सरकारी निकाय नभएको बताएका छन्।
नेपाल ट्रेड युनियन काँग्रेसको छैठौं महाधिवेशनमा बोल्दै पौडेलले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङकन पद्धती कायम गरि पार्टी सञ्चालन गर्नुपर्ने बताए। यसले नै पार्टीमा आन्तरिक एकताको सञ्चार गर्ने पौडेलले बताए।
पार्टीले चुनावमा हार व्यहोरे यता पार्टी सभापति शेर बहादुर देउवा बिरुद्ध सार्वजनिक रुपमै अभिव्यक्ति दिदै आएका पौडेलले पार्टी नेतृत्व नसच्चिने हो भने पार्टीको हालत अहिलेकै अवस्थामा रहने बताए। उनले पार्टीलाई मिलाउने सबै जिम्मेवारी पार्टी सभापतिको रहेको बताए।
वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुले संविधान माथि जालझेल शुरु गरेको बताए। संविधानको भावना अनुसार प्रतिनिधी सभाको सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्थालाई ओली नेतत्वको सरकारले उलंघन गरेको बताए। पार्टी एकिकरण अघी अलग अलग पार्टीका नेताहरु थिए त्यसैले अहिले फेर्नु पर्दैन भन्ने कुरा रकमी कुरा मात्र भएको पौडेलले बताए।
बजेटले पनि स्थानिय तहलाई माइनस गरेको प्रसङग् उल्लेख गर्दै पौडेलले प्रधानमन्त्री ओलीले संघीयताको मर्म अनुसार विकेन्द्रीकरणमा जानुपर्ने बेलामा सरकार केन्द्रीयता लाद्न लागिपरेको बताए।