arrow

आध्यात्मिक गुरु भथ्यू महाराजले गरे गोली हानेर आत्महत्या

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
bhathyu-maharaj.jpg

काठमाडौं । भारतीय आध्यात्मिक गुरु भथ्यू महाराजले आत्महत्या गरेका छन् । ५० वर्षीय उनले इन्दोरमा आफ्नै घरमा गोली हानेर आत्महत्या गरेका थिए  । 

पारिवारिक विवादका कारण तनावमा रहेका महाराजले गोली हानेर आत्महत्या गरेको बताइएको छ । 

उनकी पहिली पत्नीको सन् २०१५ मा पुणेमा मृत्यु भएको थियो । सन् २०१७ मा उनले डा आयुषीसंग दोस्रो विहे गरेका थिए । 

मध्यप्रदेश सरकारले गत अप्रिलमा राज्यमन्त्रीको दर्जा दिए पनि महाराजले स्वीकार गरेका थिएनन् । 

उनको जमीनदार परिवार हो । महाराज आध्यात्मिक गुरु बन्नुभन्दा पहिले मोडलिङ गर्दथे । 

उनको अन्तिम संस्कार बुधबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ