arrow

यी पाँच कुराहरुबाट अझै पनि बञ्चित छन् साउदी अरबका महिलाहरु

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
Saudi-driving-ban-Saudi.jpg

काठमाडौं । साउदी अरेबिया महिलाहरुको लागि सबैभन्दा बढी कडाइ गरिने गरिएको मुलुक हो । यो मुलुकमा महिलाका धेरै अधिकारहहरु कुण्ठित गरिएका छन् । यद्यपि साउदीका सुधारवादी राजकुमार मोहम्मद बिन सुलमानले भने हालै केही सुधारका योजनाहरु पनि अघि सारेका छन् ।

माहम्मल बिन सलमानको योजनाहरुको कारण पछिल्लो समय साउदीका महिलाहरुले पनि केही अधिकारहरु भने पाएका छन् । उनीहरुले पछिल्लो समय सिनेमा हेर्ने अवसर पाएका छन् भने फुटबल स्टेडियमसम्म जान पाउने अधिकार पनि महिलाहरुलाई दिइएको छ । साथै उनीहरुलाई सवारीसाधन चलाउन पाउने किसिमको नियम पनि बनाइएको छ । यसले साउदीका महिलाहरुलाई केही अधिकारहरु मिलेको भए पनि उनीहरुका लागि यो मुलुक अझै पनि त्यति सजिलो भने छैन ।
साउदी अरेबियामा अझै पनि महिलाहरुमाथि प्रतिबन्ध लगाइएको प्रमुख पाँच क्षेत्रहरु यसप्रकार छन् –

१. बैंक खाता खोल्ने अधिकार
साउदीमा महिलालाई कार चलाउने अधिकार त छ तर उनीहरुलाई  कार किन्ने अधिकार भने छैन । उनीहरुले आफ्नो पुरुष अभिभावकको अनुमति विना कार खरिद गर्न सक्दैनन् । उनीहरुलाई बैंक खाता खोल्ने अधिकार पनि छैन । साउदीको अभिभावकत्वको नियमको कारण महिलाहरुलाई यो अधिकारबाट वञ्चित गराइएको हो । साउदीको नियमअनुसार कुनै पनि महिलाको प्रत्येक निर्णयमा एक पुरुषको भूमिका हुनु जरुरी रहेको छ । अहिले मानव अधिकारवादी संस्थाहरु पनि यो निर्णयको विरुद्धमा आवाज उठाइरहेका छन् ।

२. पासपोर्ट वा विदेश घुम्ने अधिकार
साउदी अरेबियाका महिलाहरु पासपोर्ट वा विदेश घुम्ने अधिकारबाट वञ्चित छन् । उनीहरुलाई कुनै पुरुषको अनुमति विना विमानमा चढ्ने अधिकार छैन ।

३. विवाह गर्ने वा डिभोर्सको अधिकार
साउदी अरेबियामा महिलाले आफ्नो विवाहको निर्णय आफैं गर्न पाउँदैनन् भने डिभार्सको लागि पनि आफ्नो पतिसँग अनुमति लिनुपर्ने हुन्छ । यस्तोमा महिलाको इच्छा के को भन्ने कुरा सोधिनुसमेत जरुरी ठानिँदैन ।

४. पुरुष साथीसँग बसेर कफी पिउनु
साथीहरुसँग बसेर चिया÷कफी पिउनु अन्य मुलुकहरुमा निकै सामान्य कुरा हो तर साउदी अरेबियामा भने यो कार्य प्रतिबन्धित छ । कुनै क्याफेमा जाँदा पनि परिवारका आधा सदस्य एकतर्फ र आधार सदस्यहरु अर्को तर्फ बस्नुपर्ने बाध्यता यो मुलुकमा रहेको छ । यदि यो नियम पालना नगरेको खण्डमा उनीहरुलाई पक्राउ गरिन्छ ।

५. इच्छाअनुसारको कपडा लागाउने अधिकार
साउदी अरेबियाका महिलाहरुलाई आफ्नो इच्छाअनुसारको कपडा लगाउने अधिकार छैन । उनीहरुका लागि सार्वजनिक स्थानमा निस्किँदा टाउकोदेखि बूढीऔंलासम्म ढाक्ने कपडा लगाउनु अनिवार्य हुन्छ । यदि कोही समुद्री किनारमा जान चाहन्छ भने पनि उनीहरुलाई बिकिनी लगाउने अधिकार हुँदैन । औसत ४५ डिग्री तापक्रम हुने मुलुकमा टाउकोदेखि बूढीऔंलासम्म ढाकिने कपडा लगाउनु निकै कठिन हुने कुरा हो । विदेशीहरुका लागि भने यो नियम उलंघन गर्नु सामान्य कुरा हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ