arrow

पेट्रलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग राख्दै प्रदर्शन

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
bajura-nc.jpg

बाजुरा । नेपाली कांग्रेसको भातृ संघले पेटोलियम पदार्थको मूल्यवृद्धिको चर्काे विरोधसँगै नेपाल विद्यार्थी संघ बाजुराले मंगलबार बेलुकी जुलुससहित विरोध र्यालीको आयोजना गरेको छ ।

अहिलेको सरकारले जनतालाई प्रत्यक्षरुपमा मारमा पार्ने हैसियतले वृद्धि गरेको पेट्रोलियम पदार्थसहित अन्य उपभोग्य सामग्रीको चर्को मूल्य हटाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र-धर्नासहित मंगलबार राति ७:३०बजे जुलुस निकालिएको नेपाल विद्यार्थी संघ बाजुराका उपाध्यक्ष जनक थापाले बताएका छन् ।

 प्रधानमन्त्री केपी ओली सरकारलेको नेकपाले गरेको चर्को मूल्यलाई फिर्ता नगरुन्जेल सम्म विभिन विरोधका कार्यक्रम गर्ने नेविसंघ बाजुराले जनाएको छ । ओलीको नेतृत्वमा बनेको नेकपाले पार्टी एकीकरणमा लागेको खर्च उठाउनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको नेविसंघको आरोप रहेको छ ।

ओली सरकारले पेट्रोलियम पदार्थसँग कमिसनको खेल खेलेको नेविसंघको आरोप छ । नेविसंघले राजपा र वाम गठबन्धन एकताको लागि मुल्यवृद्धि गरेको ठहर गरेको छ । अहिलेको मूल्यवृद्धीमा नेपाल विद्यार्थी संघ बाजुराले कुनै सम्झौता नगर्ने नेविसंघ बाजुराका उपाध्यक्ष थापाले जानकारी दिए ।तरुण दल जिल्ला सचिव हिरेन्द्र रोकायाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए तरुण दल आन्दोलनका उत्रिने चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ