arrow

प्रतिबन्ध हटाउन अमेरिका सहमत : उत्तर कोरिया

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
trump-kim-singapour.jpg

काठमाडौं । उत्तर कोरियाली समाचार एजेन्सीले अमेरिका उत्तर कोरियामाथिको प्रतिबन्ध हटाउनका लागि सहमत भएको दाबी गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिँगापुर सम्मेलनको क्रममा परमाणु हतियार नष्ट नगरेसम्म प्रतिबन्ध जारी रहने बताएको अवस्थामा उत्तर कोरियाको तर्फबाट यस किसिमको भनाइ सार्वजनिक भएको हो ।

उत्तर कोरियाले अमेरिकाले आफ्नो मुलुकको सबै सुरक्षाको पनि जिम्मेवारी लिएको दाबी गरेको छ । समाचारमा उत्तर कोरियन नेता किमले ट्रम्पको अमेरिका आउने निमन्त्रण पनि स्वीकार गरिसकेको उल्लेख गरिएको छ ।  उत्तर कोरियाले दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्नुका साथै उत्तर कोरियामाथिको प्रतिबन्ध पनि हटाउने सम्झौता गरेको हो ।  

अहिलेसम्म यो दाबी पुष्टि भइसकेको छैन भने अमेरिकाले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।  मंगलबार ट्रम्पले कोरियन प्रायद्वीपमा युद्धको समाप्ति हुने तर उत्तर कोरियामाथिको दबाब कायम राख्नका लागि प्रतिबन्ध भने जारी रहने बताएका थिए । (एजेन्सी)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ