arrow

नेपाललाई सनातन हिन्दुराज्य कायम गरिनुपर्छ : स्वतन्त्र नागरिक समाज

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
Dharmik.jpg

काठमाडौं। स्वतन्त्र नागरिक समाजले नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र नागरिक समाजले पत्रकार गरेर  नेपालको राष्ट्रिय पहिचान हराउँदै गएकोले नेपाललाई धर्मसापेक्ष हिन्दुराज्य कायम गर्नुपर्ने सरकारसँग माग गरेको हो ।

स्वतन्त्र नागरिक समाजका केन्द्रीय संयोजक हेमविक्रम सिलवालले संविधानमा धर्मनिरपेक्षता राखिएकोमा आपत्ति प्रकट गरेका छन् ।उनले भने,‘नेपाल संसारकै एकमात्र सनातन हिन्दुराज्य हो, ऋषिहरुको देश नेपाल हो, हिन्दुधर्मको उद्गम भूमि नेपाल हो, ८० प्रतिशतभन्दा बढि जनताले हिन्दुधर्म मान्छन् यस्तो अवस्थामा नेपाललाई धर्मनिरपेक्षता घोषणा गर्न मिल्छ ? केही नेता र राजनीतिक दलहरुको मनोमानीका आधारमा भएको खेल हामीलाई स्विकार्य छैन् ।’

उनले अघि थपे,‘नेपालको पहिचान एकता अखण्डता, स्वाभिमान तथा सम्पूर्ण नेपालीहरुबीच सद्भाव कायम राख्न शाह बंशीय राजसंस्थाको भूमिका अपरिहार्य रहेको र हाम्रो धर्मसंस्कृति, परम्परा, मूल्य मान्यताको रक्षा गरि राष्ट्रिय पहिचानको निम्ति पनि नेपाललाई हिन्दुराष्ट्र कायम गर्न आवश्यक छ, नेपाललाई हिन्दुराष्ट्र कायम गर्नको लागि स्वतन्त्र नागरिक समाज लाग्ने छ ।’

वरिष्ठ पत्रकार प्रेम कैदीले धार्मिक रुपमा नेपालमाथि विदेशी आक्रमण गरेको स्थितिमा सरकार चुप लागेको आरोप लगाएका छन् । उनले  अप्रत्यक्ष रुपमा धार्मिक, आर्थिक, समाजिक रुपमा दलालहरुले समानान्तर राज्य चलाईरहेको बताए ।

उनले भने,‘राज्यलाई संकटमा पार्ने खालका कामहरु भैरहेका छन्, नेपाललाई धार्मिक औपनिवेशक रुपमा रुपान्तरण गर्न खोजिँदैछ, यो हाम्रो लागि स्विकार्य छैन्, गृहमन्त्रीले धर्मको नाममा हिंसा फैलाईरहेका अतिवादीहरुलाई ठेगान लगाउनुपर्छ ।’

समाजका सदस्य सूर्य नेपालले नेपाली भाषा, धर्म, संसकृति संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने,‘नेपाली भाषा, संस्कृति र पहिचानलाई जिवित राख्न हामीले सरकारी संयन्त्रलाई समयमै ज्ञापनपत्र बुझाई सकेका छौं, सरकारलाई गम्भिर बन्न आग्रह गर्दछौं ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ