arrow

सुन काण्ड : बाजेको सेकुवाका चेतनाथको पनि ढाड सेकियो, सेकुवा घरमा सिलबन्दी

मामा ‘गोरे’ले भान्जालाई पनि पुर्‍याईदिए ‘मामा घर’

logo
प्रकाशित २०७५ जेठ ३० बुधबार
bajeko_sekuwa.JPG

काठमाडौं। ३३ किलो सुन तस्करीको लहरो बाजेको सेकुवासम्म तानिएको छ। सनम शाक्य हत्याको छानबिन गर्दै जाँदा गृहमन्त्रालयको छानविन समितिले बाजेको सेकुवामा सिलबन्दी नै गरिदिएको छ। समितिले उपत्याकाको विभिन्न ६ स्थानमा रहेको बाजेको सेकुवामा शिलबन्दी गरेको हो।बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारीसमेत संगठीत सुन तस्करीमा संलग्न रहेको समितिको ठहर छ। त्यति मात्रै होईन। तस्करीबाट आएको रकम रेस्टुरेन्टमा लगाएको भन्नेसमेत थाहा पाएको छ, गृह प्रशासनले।

अवैध वाटोबाट कमाएको रकम वैधानिक व्यवसायमा लगाएको भेटिए सम्पत्ति सुद्धिकरण लाग्द छ। अब उनको पनि डाढ सेकिने छ। जसरी सुनकाण्ड र हत्यामा संलग्नहरु दोहोरो मुद्दाकाे फन्दामा परेका छन्। त्यसरी चेतनाथ पनि फस्ने देखिएको छ। सुन तस्करीमा लगानी गरेको शंकामा प्रहरीले रेष्टुरेन्टका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता समेत रोक्का गरिसकेको छ। उनी पनि सुन तस्करी काण्डका फरार प्रतिवादी हुन्।

लहरो त्यतिमै कहाँ सकिन्छ र ? चेतनाथ भण्डारी गिरोहकै नाइके भनिएका चुणामणि उप्रेती ‘गोरे’का आफन्त समेत हुन्। चेतनाथ र गोरेको मामा भान्जाको साइनो छ। चेतनाथ भान्जा हुन् भने, गोरे मामा हुन्। मामा गोरेले अन्ततः भान्जा चेतनाथलाई मामा घर नै पुर्‍याईदिए। गृहमन्त्रालयले गठन गरेको छानविन समितिका समितिका सदस्य भन्छन्, ‘अदालतकै आदेशमा बाजेको सेकुवामा पनि शिलबन्दी गरिएको हो।’

बाजेको सेकुवा नामक रेष्टुरेन्ट अन्तर्गत भण्डारीको स्वामित्व रहेका ५ वटा र उनका सालो सञ्चालक रहेको एउटा गरी ६ वटा शाखामा छानविन समितिले कारोबार रोक्का गर्दै शिलबन्दी गरिदिएको हो। अब चार शाखा बाँकी छन्।  उपत्यकामा बाजेको सेकुवा नामका १० वटा रेष्टुरेन्ट सञ्चालनमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ