arrow

तस्करीमा संलग्नको आरोपमा सशस्त्र प्रहरीका डिएसपी भण्डारी निलम्बित 

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
apf1.jpg

काठमाडौं । सशस्त्र प्रहरी बल एपिएफका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद भण्डारी निलम्बित भएका छन् । 

सशस्त्रको गाडीमा काठ राखेर अन्यत्र लैजाने कार्यमा संलग्न रहेको भन्दै उनलाई निलम्बित गरिएको हो ।

अरुण गुल्म चैनपुर संखुवासभामा कार्यरत भण्डारीसंगै उक्त घटनामा संलग्न रहेका गाडीका चालक सशस्त्र प्रहरी जवान दिपेन्द्र कुमार कर्माकारलाई समेत निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु भएको छ । यो घटनामा संलग्न दुई सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल र मिलन कुमार राईलाई विभागीय कार्वाही हुने भएको छ । 

उनीहरुले यही जेठ २१ गते सो गुल्मको बा१ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटा जिल्लाको मूलघाट भन्ने ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मूलघाट धनकुटाको एपीएफ टोलीले नियन्त्रणमा लिएको थियो ।

सो घटनाबारे पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानवीन समिति गठन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ