arrow

तरुण दलका युवाको आयल निगमको गाडीले ठक्कर दिँदा मृत्यु

logo
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
suman-kutwal.jpg

काठमाडौं । नेपाल तरुण दलका एक युवाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । बुधबार दिउँसो ३ः१५ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडी नेपाल आयल निगमको बा १ घ ६०९ नम्बरको गाडीले ठक्कर दिएर नेपाल तरुण दल कीर्तिपुर नगर वडा ६ का तरुण युवा सुमन कटुवालको मृत्यु भएको हो । 

कटुवाल २२ बर्षका थिए । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कटुवालको मृत्यु भएको खबरले निशब्द बनाएको भन्दै मृत आत्माको चिर शान्तिको कामना र शोकमा रहेको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रधान गर्न भगवानसंग प्राथना गर्दै गरेको बताएका छन् । 

उनले दोषीमाथि कडा भन्दा कडा कानुनी कार्वाहीको माग गर्दै सरकारसंग पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ