arrow

बेलौरी नगरपालिकामा आर्थिक अनियमितता, अख्तियारद्वारा छानविन सुरु 

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
CIAA-news-naya-sakti.jpeg

बेलौरी । नगरपालिका कार्यालयमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नेपालको कञ्चनपुर स्थित बेलौरी नगरपालिकामा छानविन सुरु गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका शाखा अधिकृत हरिशचन्द्र जोशीका अनुसार नगरपालिकाका विभिन्न योजनाहरुमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेकै आधारमा छानविन सुरु गरिएको हो । 

छानविनका क्रममा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाहीलाई सोधपुछ गरी केही कागजातको प्रतिलिपि समेत लिइएको अख्तियारका शाखा अधिकृत जोशीको भनाइ छ । उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान थालिएको अधिकृत जोशीले बताए । 

यता, बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाहीले अख्तियारमा परेको उजुरीमा उल्लेख भए अनुसारको नगरपालिकामा कुनैपनि अनियमितता नभएको स्पष्ट पारे ।

कसैले उजुरी दिएकै आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको हुँदा अहिले नै गलत भएकै हो भन्ने नबुझ्न उनले सबैलाई आग्रह गरे । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको र आफुहरुले छानविनका क्रममा अख्तियारले मागेका सबै कागजात पेश गरेको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए । 

केही समय यता केही व्यक्तिहरुले नगरपालिकामा अनियमितता भएको हल्ला फैलाएर नागरीकहरुलाई भ्रमित बनाउन खोजेको र अब अख्तियारको प्रतिवेदनले सबै कुरा प्रष्ट पार्ने उनले बताए । 

जिल्लाको दक्षिणी भेगमा रहेको बेलौरी नगरपालिकामा बिकास निर्माणका कार्य  गतिशील रुपमा अघि बढिरहेको नगरपालिकाबाट हुँदै आएका कार्यहरुमा प्रचार गरिए जस्तो अनियमितता नभएको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ